बैदेशिक रोजगार बचतपत्रको म्याद थप

आइतवार, असार ६, २०७८

बैदेशिक रोजगार बचतपत्रको म्याद थप

बैदेशिक रोजगार बचतपत्र २०८३ ( ५ वर्षेको ) बिक्री खुल्ला गर्ने अवधि असार १८ गते सम्म थप गरिएको छ।

यस अघि सो बचत पत्रको बिक्री गर्ने अबधि जेठ १३ गतेदेखि असार ३ गते सम्म तोकिएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार उक्त बचत पत्र अन्तर्गत ५० करोड रुपैंया निष्काशन हुनेछ। यसको वार्षिक व्याज दर व्याजकर लाग्ने गरी १० प्रतिशत हुनेछ र व्याज भुक्तानी छ छ महिनामा गरिने भएको छ। यो बचत पत्र घटीमा १० हजार रुपैंयाको खरिद गर्नु पर्नेछ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपाली आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सकिने छ।

बचत पत्र निष्काशन आगामी असार २३ गते गरिने भएको छ भने सांवा भुक्तानी २०८३ साल असार २३ गते गरिने भएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::