बैदेशिक रोजगार ब्यबसायी कमल खरेल को साउदी अरब मा निधन

मङ्लबार, पुस २७, २०७८

एन ए मिडिया न्युज डेस्क

बैदेशिक रोजगार ब्यबसायी कमल खरेल को साउदी अरब मा निधन

बैदेशिक रोजगार ब्यबसायी कमल खरेल को साउदी अरब मा निधन भएको छ। खरेल को साउदी अरबको दमाममा  उपचारको क्रममा शनिबार निधन भएको हो। उनि मुखको क्यान्सर रोग ले ग्रसित थिए।

झापा कन्काई नगरपालिका-४ का स्थाई निवासी कमल खरेल साउदी अरबमा १८ बर्ष देखि बैदेशिक रोजगार ब्यबसायमा संलग्न थिए। नेपाल स्थित बिभिन्न मेनपावर कम्पनीको एजेन्ट साथै साउदी अरबमा कामदार सप्लाई लगायतको कार्यमा संलग्न रहेका  खरेल ले केहि समय पहिला आफ्नै मेनपावर संचालनमा ल्याएको बुझिएको छ।

गत बर्ष मुखको क्यान्सर ले गाँजे पछी ललितपुर हरिसिद्दी स्थित क्यान्सर हस्पिटलमा उनको उपचार भएको थियो र क्यान्सर उपचारमा प्रयोग हुने किमो लिईरहेका थिए।

ब्यबसायका साथै खरेल बिभिन्न सामाजिक संघ संस्था र राजनीतिमा समेत संलग्न रहेका थिए। निधन पूर्व खरेल नेकपा एमाले आबद्द  प्रबासी नेपाली मंच,साउदी अरबमा सचिबालय सदस्यको जिम्मेवारीमा रहेका थिए।

खरेल को स्वास्थ अवस्था गम्भीर हुदै जाँदा उनको उपचार र स्वदेश फिर्तिको लागि नेपाली दुताबास का पुर्बी क्षेत्र स्थानीय कर्मचारी नारायण पासवान लगायत  राजु सैयद,जेन लामा,कुमार हुमागाईं,ओम कुमाल,सुरेश राज त्रिपाठी लगायतका  ब्यबसायी एवं सामाजिक अभियन्ताहरु,एनए मिडियाका जनसम्पर्क संयोजक  बाल कृष्ण पंगेनी साथै  प्रबासी नेपाली मंच को पहलमा सहयोग अभियान संचालन गरि आर्थिक सहयोग गरिएको थियो।खरेल को श्रीमती,एक छोरा र एक छोरी छन।

ब्यबसाय साथै राजनीति, सामाजिक छबी निर्माण गरेका खरेल को निधन ले नेपाली समुदायमा अपुरणीय क्षति पुगेको देखिन्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::