बै.रो:म्यानपावर मात्र हैनन्, कामदारले पनि ठग्छन्

शुक्रबार, कार्तिक २२, २०७६

बै.रो:म्यानपावर मात्र हैनन्, कामदारले पनि ठग्छन्

सामान्यतया म्यानपावर कम्पनी, ऐजेन्ट तथा रोजगारदाता कम्पनीबाट कामदारहरू ठगीमा परेका समाचारहरू प्रकाशन प्रसारण भइरहेको हालको अवस्थामा वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराईले कामदारबाट पनि म्यानपावरहरू ठगीने गरेको बताएकी छन् ।

विभागका अनुसार केहि कामदारहरूले अनावश्यक रूपमा म्यानपावर कम्पनी विरुद्ध उजुरी पेश गरी म्यानपावर कम्पनीलाई समस्या पार्ने गर्छन् । विभागकी निर्देशक भट्टराईले भनिन्, ‘खासगरी रोजगारीको लागी खाडी मुलुकमा जाने केहि कामदारहरू विदेश गएको केहि समय पछि ‘होम सिक’ हुने र विभिन्न वहानामा काम नगर्ने गर्दछन् जसले गर्दा म्यानवापर कम्पनीले कामदारलाई स्वदेश झिकाउन बाध्य हुन्छ ।

तिनै कामदारहरूले सम्वन्धित निकायमा म्यानपावर विरुद्ध नै उजुरी पेश गरी समस्यामा पार्ने गरेका उदाहरणहरू पनि प्रशस्त भेटिएका छन् ।’ उनकाअनुसार गलत आचरणका युवाहरूलाई अभिभावकहरूले सुधार्ने उद्देश्ले वैदेशिक रोजगारीको लागी पठाउने र उनीहरूले विभिन्न समस्या पार्ने गर्दछन् ।

भट्टाईले नेपालमा औद्योगीक समाज नभएकाले आम मानिसको औद्योगीक मानसिकता नहुने बताइन् । जसले गर्दा रोजगारदाता मुलुकमा कामदारको मानसिकता मेल खादैन । यस्ता कामदारहरूले समस्या उत्पन्न गराउने गरेका सवालहरू ओझेलमा परेको बताइन् ।

उनकाअनुसार वैदेशिक रोजगारीको लागी विदेश जाने कामदारहरूले सम्वन्धीत मुलुकको ऐन, नियम नबुझेकाले पनि समस्या उत्पन्न गराँउदछन् उनले रोजगारदाता कम्पनीले कति समयको अन्तरालमा तलब दिने हो, कम्पनीको सेवा सुविधा के छ त्यो नबुझि अनावश्यक विरोध गरेर पनि समस्या पार्ने उल्लेख गरिन् ।

उनले नेपालमा राजनिति गर्ने गरेको मानिस खाडी मुलुकमा रोजगारीको लागि जाँदा अनावश्यक विषयमा राजनीति गर्ने प्रयास गर्दा समस्या पर्ने गरेको बताइन् । भट्टराईले भनिन्, ‘जुन देशमा त्यहिँको नागरीकलाई पनि मानवधिकारको प्रत्याभुति हुदैन, त्यहाँ हाम्रा कामदारले अनावश्यक रूपमा मानव अधिकारको दावी गर्दा झनै समस्या पर्ने गर्छ ।’

साभार:साझा सवाल

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::