बै.रो बाट फर्किएका युवाहरुको स्वरोजगार पहल,१ महिने सिप विकास तालिम सम्पन्न,सामग्री हस्तान्तरण

बिहिबार, कार्तिक ३, २०७९

एन ए मिडिया न्युज डेस्क

बै.रो बाट फर्किएका युवाहरुको स्वरोजगार पहल,१ महिने सिप विकास तालिम सम्पन्न,सामग्री हस्तान्तरण

विदेशबाट फर्केका नेपालीहरुलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा एक महिने सिप विकास तालिम आयोजना गरिएको छ । रिटर्न माइग्रेट नेपाल,मधेश प्रदेश को आयोजनामा सम्पन्न तालिम कार्यक्रम समाप्ती पश्चात सहभागीहरु लाई सीप परिक्षण गरि औजारहरु  हस्तान्तरण गरिएको थियो।

बाराको  कोल्हबी, निजगढ र रतनपुरीका १८० जना सहभागीहरुलाई रिटर्न माइग्रेट नेपालका केन्द्रीय सचिव एंव मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे, निजगढ नगरपाकिलाकाका प्रमुख सुरथ पुरी एंव उपप्रमुख सोममाया थिङ्गले सामग्रीहरु  हस्तान्तरण गरेका हुन ।

मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा रिटर्नी माईग्रेन्टको आयोजनामा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ब्रिटिस काउन्सील, युरोपिएन युनियन र युएनडिपी लगायत संस्थाहरुको सहयोग रहेको थियो ।

रिटर्न माइग्रेट नेपाल केन्द्रीय सचिव एंव मधेस प्रदेश इन्चार्ज  रामकृष्ण घिमिरे ले स्कील टेष्टमा सहभागी भएका युवाहरुलाई व्यवसायिक रुपमा काम गर्न संस्थाले आवश्यक सहयोग र परामर्श समेत  उपलब्ध गराउने साथै तालिम प्राप्त युवाहरुलाई स्वरोजगार बनाउन स्थानीय सरकारले यथासक्य सहयोग गर्नुपर्ने जनाए ।

कोल्हबीमा सम्पन्न तालिम कार्यक्रम समापन तथा  सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी माईग्रेन्ट बारा जिल्ला अध्यक्ष दिपेन्द्र सुवेदी, संवृद्धि नेपालका पुरन चौधरी र साँझा व्यवसायीका कार्यकारी निर्देशक सुरेशप्रसाद साह, उद्यमी विकास तथा रोजगार सृजना केन्द्रका निर्देशक हिमालय अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::