ब्राजिली युवा स्टारमा लिभरपुल, पीएसजी र युभेन्टसको नजर,अर्का नेयमारको रुपमा

आइतवार, जेष्ठ ४, २०७७

ब्राजिली युवा स्टारमा लिभरपुल, पीएसजी र युभेन्टसको नजर,अर्का नेयमारको रुपमा

ब्राजिली युवा प्रतिभा टालेस माग्नो अनुबन्धको लागि इंग्लिस क्लब लिभरपुल, फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब युभेन्टससँगै युरोपका ठुला क्लबहरुले चासो देखाएका छन् ।

लिभरपुलले ब्राजिल यु–१७ टोलीका महत्वपुर्ण सदस्य माग्नोलाई आउदो समरमा अनुबन्ध गर्ने तयारी थालेको हो । यो दौडमा पीएसजी, युभेन्टस, लाजियो, रोमा र बेन्फिका पनि उभिएका छन् । तर, माग्नो अनुबन्धको दौडमा लिभरपुलले फ्रेन्च क्लब पीएसजीसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । माग्नोको रिलिज क्लज ४४.७ मिलियन पाउन्ड रहेको छ । ब्राजिलियन क्लब भास्कोमा माग्नोको सम्झौता २०२२ सम्म रहेको छ ।

ब्राजिलमा नयाँ प्रतिभाको रुपमा अघि देखिएका १७ वर्षे माग्नोलाई लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले नजिकबाट नियालेका छन् । ब्राजिलका फुटबल विश्लेषकले उनलाई अर्का नेयमारको रुपमा व्याख्या गरेका छन् । उनी लिभरपुलका आक्रमक खेलाडी रोबर्टो फिर्मिन्होको जस्तो भुमिकामा खेल्दै आएका छन् । माग्नोले यो सिजन ब्राजिली क्लब भास्को डा गामाबाट ब्राजिलको सिरी ‘ए’ र ब्राजिली यू–१७ टिमबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

रियो दि जेनेरियो क्षेत्रको क्लब भास्कोले पछिल्लो समय आर्थिक समस्याको सामना गरिरहेको र रकम जुटाउन कै लागि क्लबका युवा खेलाडीहरु बेच्ने निर्णयमा पुगेको बताइएको छ । क्लबले यसअघि २०१८ मा युवा प्रतिभा पाउलिन्होलाई जर्मन क्लब बायर लिभरकुसेनमा १७ मिलियन पाउन्डमा बेचेको थियो ।

क्लब अझै पनि आर्थिक स्थितिबाट मार्थि उठ्न नसकेको अवस्थामा माग्नोलाई पनि बेच्ने निर्णयमा पुगेको हो । माग्नोले ब्राजिली यू–१७ टिमबाट १० खेलमा ५ गोल गरेका छन् । भास्कोको लागि २२ खेलमा २ गोल गरेका छन् । उनी २०१९ मा घरेलु भुमिमा आयोजना भएको फिफा यु–१७ विश्वकपको उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::