ब्राजिल कोपा अमेरिकन फुटबल च्याम्पियन

सोमवार, असार २३, २०७६

ब्राजिल कोपा अमेरिकन फुटबल च्याम्पियन

आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिलले लामो समयपछि कोपाको उपाधि जितेको हो । खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो ।

फरवार्ड ग्यब्रीएल जेससले दिएको पासमा एभरटनले भली प्रहार गर्दै गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको एक मिनेटमा नै जेससले आर्थरको पासमा गोल गरे ।

दोस्रो हाफको ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । जेससले कार्ड खाएर मैदान बाहिरिने क्रममा भिडियो असिस्टेन्ट रेफ्री  भीएआर को मोनिटरलाई धकेलेका थिए । तर रिचारलीसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::