भक्तपुरका १६ हजार बढीले लगाए चिनिया खोप भेरोसेलको दोस्रो मात्रा

बुधबार, जेष्ठ १९, २०७८

एन.मिडिया न्युज डेस्क

भक्तपुरका १६ हजार बढीले लगाए चिनिया खोप भेरोसेलको दोस्रो मात्रा

भक्तपुर नगरपालिकाले कोभिड १९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ। सबै वडामा अलग जनशक्ति तथा स्वयंसेवकहरु परिचालन गरी जेठ ५ गतेबाट उक्त खोपको दोस्रो मात्रा दिन थालेको थियो।

भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत बैशाख ४ गतेबाट बैशाख १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई दोस्रो खोप लगाइएको हो।

‘जेठ ५ देखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरुमा खोप लगाइएको थियो’, जनस्वास्थ्य केन्द्र इन्चार्ज डा. रत्नसुन्दर लासिवाले भने, ‘जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा १० कार्यालय भवन पछाडि नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौं।’

यस क्रममा नगरपालिकाले वडागत रुपमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएको विवरण पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::