भागरथी भट्टको बलात्कार-हत्यामा संलग्न व्यक्ति बैतडीबाटै पक्राउ

बुधबार, फाल्गुन ५, २०७७

भागरथी भट्टको बलात्कार-हत्यामा संलग्न व्यक्ति बैतडीबाटै पक्राउ

बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी रहेको एसएसपी सिंहले जानकारी दिए। उनका अनुसार, ती व्यक्तिले ‘रिसिइबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी बयान दिएका छन्। उनी अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा छन्।

भट्टको गत माघ २१ गते बुधबार दिउँसो हत्या भएको थियो।

हामीले केही व्यक्तिलाई निगरानीमा राखेका थियौं, तीमध्ये भागरथीकै छिमेकी युवाले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्,’ एसएसपी सिंहले भने, ‘भागरथीको हत्यामा ती व्यक्ति शतप्रतिशत संलग्न भएको प्रमाण प्रहरीले भेटेको छ।’

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम सुवेदीले पनि भागरथी बलात्कार-हत्यामा संलग्न व्यक्ति पक्राउ परिसकेको बताए।

ती व्यक्तिको नाम बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले जानकारी दिए। डिआइजी सुवेदी भागरथीको बलात्कार र हत्यापछि अनुसन्धानका लागि १० दिनदेखि बैतडीमा थिए।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::