भारतको केरलामा सङ्क्रमित बढेपछि लकडाउन गरियो

शुक्रबार, साउन १५, २०७८

भारतको केरलामा सङ्क्रमित बढेपछि लकडाउन गरियो

दक्षिण भारतको केरला राज्यमा दुई दिनका लागि लकडाउन घोषणा गरिएको छ । संघीय सरकारले बढ्दै गएको सङ्क्रमणलाई नियन्त्रणमा राख्न विज्ञहरुको टोलि पठाउन लागेको छ ।

दोस्रो लहर पश्चात भारतमा दैनिक सङ्क्रमित थपिने संख्या हाल स्थिर देखिएको छ । एएनआईका अनुसार भारतमा कुल सक्रिय सङ्क्रमित करिब चार लाख रहेकोमा केरलाका मात्रै एक लाख ५४ हजार छन् ।

राज्यको प्रकोप ब्यवस्थापनले एक वक्तब्य जारी गरी दुई दिनका लागि पूर्ण लकडाउन गरिएको उल्लेख गरेको छ । गएको चार सातामा केरलाका १४ जिल्लामध्ये सात जिल्लामा सङ्क्रमण उच्च देखिएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::