शनिबार, असार ७, २०७६
भारतको विमानस्थल प्रयोग गरी साउदी, कतार, कुवेत, यूएई, ओमान, बहराइन, इराक, लिविया र लेवनान जाँदै हुनुहुन्छ भने भारतीय अध्यागमन पार गर्नका लागि नेपाली दुताबास बाट अनिबार्य रुपमा सिफारिस पत्र (नो अब्जेक्सन सर्टिफिकेट) आवश्यक पर्ने छ ।
भारत स्थित नेपाली दुताबास ले सुचना जारि गरि दूतावासको सिफारिसका लागि आवश्यक कागजात सहित सम्पर्क गर्न आग्रह गरेको छ ।निवेदक ले देश जानुपर्ने कारणसहित सम्बन्धित व्यक्तिले हस्ताक्षर गरेर निवेदन दिनुपर्ने छ साथमा पासपोर्ट, गन्तव्य देशको हवाइ टिकट र भिसा, वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार विभागले जारी गरेको श्रम स्वीकृतिको प्रतिलिपि लगायतका कागजात पेश गर्नु पर्ने छ ।
साथै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतको भिसा आवश्यक पर्ने पनि दूतावासले जनाएको छ । त्यसैले प्रक्रिया पूरा गरेर मात्र यी देशबाट भारत प्रवेश गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया