भारतबाट फर्कनेको एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

आइतवार, चैत्र २२, २०७७

भारतबाट फर्कनेको एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

पच्छिमी सिमानाका गड्डाचौक र त्रिनगर हुदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परिक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजिटिभ आएको छ।

सीमा क्षेत्रमा स्थापना गरिएको हेल्थ डेक्समा गरिएको परिक्षणमा २४ को नतिजा पोजिटिभ आएको हो ।त्रिनगर सीमानाका बाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजोन परिक्षण गरिएकोमा २२ को नतीजा पोजिटिभ आएको हो।

भारतमा कोरोनाको संक्रमण बढे पछि मजदुरीको को लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन्। रोजगारीको ब्यबस्था नभएपछि भारततर्फ जानेको संख्या समेत बढ्दो रुपमा रहेको छ।

शुक्रबार मात्रै सिमानाका त्रिनगर बाट ३०५ नेपाली र १२५ भारतीय भारततर्फ गएका छन् ।सिमानाका गड्डाचौकी भएर ३०० भारतीय र नागरिकताका आधारमा भारततर्फ जानेको नेपाली संख्या १५० रहेको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::