भारतमा संक्रमणबाट मर्नेको संख्या घट्यो

बिहिबार, अशोज २९, २०७७

भारतमा संक्रमणबाट मर्नेको संख्या घट्यो

भारतमा पाँच दिन यताको तथ्यांक हेर्ने हो भने कोरोनाको संक्रमणबाट मर्नेको संख्या क्रमशः घट्दै गएको देखिएको छ । हिजो बुधबार ६९४ जनाको निधन भएको छ भने असोज २७ गते मंगलबार ७२३ जनाको संक्रमणबाट निधन भएको थियो । त्यस्तै २६ गते सोमबार ७१० जना, आइतबार ८१३ जना, शनिबार ९२१ जनाको कोरोनाको संक्रमणबाट निधन भएको थियो । तर अमेरिकामा अक्टोबर १४ अर्थात असोज २८ गते बुधबार ९७० जनाको संक्रमणबाट निधन भएको छ । त्यस्तै अक्टोबर १३ मा ८४३, अक्टोबर १२ मा ३३१ र अक्टोबर ११ मा ३२७ जनाको कोरोनाको संक्रमणबाट निधन भएको थियो ।

भारतमा असोज २८ गते बुधबार ११ लाख ४५ हजार १५ जनाको नमुना परीक्षण गर्दा ६७ हजार ९८८ जना कोरोना संक्रमित पुष्टि भएको छ । असोज २७ गते मंगलबार १० लाख ७३ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा ६३ हजार ५१७ जना कोरोना संक्रमित थप भएका थिए । मंगलबार बुधबारभन्दा ७२ हजार १ जना बढीको परीक्षण गरिएको थियो, जस अनुसार मंगलबारभन्दा बुधबार ४ हजार ४७१ बढी कोरोना संक्रमित थप भएका छन् ।

अमेरिकामा कुल कोरोना संक्रमितको संख्या ८१ लाख ४८ हजार ९३६ छ भने भारतमा ७३ लाख ५ हजार ७० छ । कुल संक्रमितमध्ये अमेरिकामा ५२ लाख ७८ हजार ५ जना कोरोनाको संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । भारतमा कुल संक्रमितमध्ये ६३ लाख ७९ हजार ४२८ जनालाई कोरोनाको संक्रमण निको भैसकेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड ४ हजार ३८५ छ भने अमेरिकामा करीब ३२ करोड मात्र छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::