भारतमा संक्रमित संख्या घटेन, मृतक घटे

शनिबार, असार १३, २०७७

भारतमा संक्रमित संख्या घटेन, मृतक घटे

भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख ९ हजार ४४६ नाघेको छ । संक्रमितमध्ये २ लाख ९५ हजार ९१७ व्यक्ति कोरोना निको भएर घर गैसकेका छन् । भारतको महाराष्ट्रमा शुक्रवार ५ हजार २४ जना नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्रमा शुक्रवारै १७५ जनाको निधन भएको छ । भारतको तामिलनाडुमा पनि ३ हजार ६४५ जना नयाँ कोरोनाको संक्रमित थपिएका छन् ।

तामिलनाडुमा संक्रमित संख्या ७४ हजार ६६२ पुगिसकेको छ । चेन्नइमा कोरोना संक्रमितको संख्या ४९ हजार ६९० पुगेको छ । भारतमा कोरोनाको संक्रमणबाट मर्नेको संख्या १५ हजार ६८९ पुगीसकेको छ । ८ हजार ९४४ जना सिरियस भएको वर्डमिटर अनलाइनले लेखेको छ । त्यस्तै शुक्रवार भारतमा ३८१ जना कोरोनाको संक्रमणबाट मरेका छन् । अघिल्ला दिनहरुभन्दा भारतमा शुक्रवार केही कम संक्रमित मरेका हुन् । तर संक्रमितको संख्यामा भने कमी आएको छैन । शुक्रवार पनि १५ हजार ६८९ संक्रमित देखिएका थिए ।

दिल्लीमा कोरोना : भारतको राजधानी दिल्लीमा कोरोना संक्रमितको संख्या ७५ हजार नाघेको छ । संक्रमितमध्ये ४५ हजारभन्दा बढीलाई कोरोना निको भैसकेको छ । अहिले विभिन्न ठाउँमा २६ हजार संक्रमितको उपचार भैरहेको छ । दिल्लीमा १५ मिनेट नयाँ मान्छेसँग भेट्नेको पनि परिक्षण गर्ने नीति लागु गरेको छ । अहिले दिल्लीमा घर घर पुगेर मान्छेहरको लगत लिने काम भैरहेको छ ।

संक्रमित २६ हजारमध्ये ६ हजारभन्दा बढीले प्राइभेट अस्तालमा उपचार गराई राखेका छन् । ७ हजार ५ सय बेड विभिन्न अस्पतालमा खाली रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जनकारी दिएका थिए हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । दिल्लीमा उपचारत कोरोना संक्रमित अक्सिनजन लेवल अकस्मात घट्दै गएको छ । अक्सिजनको लेवल ९५ हुनु पर्नेमा ९० देखि ८५ सम्म देखिएको छ । ८५ लेवलभन्दा तल अक्सिजन आउँदा संक्रमितलाई स्वास प्रस्वासमा समस्या आउने हुदा खतरा हुने बताइन्छ । त्यस्ता विरामीलाई घरमै अक्सिमिटर वितरण गरिएको मुख्यामन्त्री केजरीवालले शुक्रवार जानकारी दिएका थिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::