’भिखारी सेलिब्रिटी’:टिकटक लाईवमा फकाई फकाई माग्ने मगन्ते

सोमवार, पुस २६, २०७८

’भिखारी सेलिब्रिटी’:टिकटक लाईवमा फकाई फकाई माग्ने मगन्ते

कलाकार जयकिशन बस्नेत हरेक रात टिकटक लाईभमा देखिन्छन। उनको लाइभमा फलोअर्स पनि सयौ हुन्छन भ्युयर्ससंग जयकिशन अनुरोध गर्छन-प्लिज मलाई चस्मा लगाईदिनुस यतिमै उनि रोकिन्दैनन।उनि माग्दै जान्छन,मलाई कार दिनुस.मेरो स्क्रिनमा रकेट उडाईदिनुस ।

जयकिशन ले मागेको चस्मा,कार र जेट बिमान टिकटकमा पाईने क्वाईं हो। गिफ्ट अनुसार क्वाईंनको मूल्य फरक फरक पर्छ। गुलाफ र टिकटकको लोगो गिफ्ट पाउँदा एक क्वाईंन  पाइन्छ।चस्माको १९९ क्वाईं,मोटरसाईकलको २९८८ ,कारको ७००० र रकेटको२० हजार क्वाईं पाइन्छ।

यस्ता अरु पनि गिफ्ट हुन्छन,धेरै धेरै क्वाईंनका यसरी पाईने क्वाईंनलाई डलरमा रुपान्तरन गर्न मिल्छ ।त्यसैले पैसा पाउन कै लागि उनले आफ्नो लाईभमा भ्युयर्स संग गिफ्टको लागी अनुरोध गरेका हुन।

उनी घन्टौ सम्म टिकटक लाईभमा यसरि नै बिताउछन। कमेन्ट सेसन तिर हेर्दा प्रसस्त यस्ता कमेन्ट देखिन्छन - तपाईलाई लाज लाग्दैन,लाईभ आएर भिख माग्न? तर उनले ति कमेन्ट लाई पूर्ण रुपले बेवास्ता गरि रहेका हुन्छन ।

चल्तीकि कलाकार बर्षा राउत पनि केहि समय अघि टिकटक लाईभमा खुबै आउथिन।एक पटक कुकुर लाई साथ लिएर उनले भनिन ‘गाईज मेरो पप्पी लाई चस्मा लगाईदिनुस त् प्लिज। यसरी टिकटक लाईभमा आएर ब भिख मागेको भनेर खिल्ली उडाएपछी उनि लाइभमा आउँन छोडेकी छिन।यस्तै कलाकार तथा मोडेल सुष्मा कार्की पनि टिकटक लाईभमा आएर गिफ्ट मागिरहेकी हुन्छिन।

हाँस्य टेलिसिरियल ;’सक्किगोनी’का चर्चित पात्र काकु अर्थान दिपक आचार्य,’सीते बा’ अर्थात मधुसुधन पाठक समेत लाईभमा देखिन्छन हाँस्य कलाकार राजाराम पौडेल देखि ‘बान्द्र’ नाम ले परिचित सुरज चापागाई पनि सधै लाईभमा आउछन। उनिहरु ले सिधै गिफ्ट मागेको देखिन्न तर अपेक्षा भने राखेको देखिन्छ।

यहि भिडमा छन् कलाकार करिश्मा ढकाल र अन्जली अधिकारी पनि,उनीहरु समेत आफ्ना भ्युयर्स संग गिफ्ट माग्न पछी पर्दैनन। टिकटक बाटै मोडलिङमा आएकी श्रेया सिटौला पनि सधैजसो टिकटक लाईभमा देखिई रहेकी हुन्छिन ।आफ्ना भ्युयर्स लाई फकाईफकाई भिख गिफ्ट  माग्न माहिर छिन उनि।यता लोक गायिका चन्दा अर्याल र गायिका मधु क्षेत्री पनि हरेक राति गिफ्टको लागी भिख मागिरहेकि देखिन्छिन ।

युट्युब रियालिटी सो भनेर चलाईएको ‘द ब्लाईंड डेट’कि सहभागी समेत रहेकी कलाकार शिलु पोख्रेल पनि टिकटक लाईभमा गिफ्ट माग्ने मध्ये अग्रपंक्तिमा पर्छिन।‘मेरो मुटुका धड्कनहरु मलाई गिफ्ट फाल्नुहोस’भन्ने त् उनको थेगो नै छ।

हालै टिकटक मा  उदाएका पुण्य गौतम समेत पैसा कै लागि दिनरात लाईभमा देखिन्छन ।आफु लाई सामाजिक अभियन्ता बताउने  गौतम टिकटकमा लाईभ गरेर दुई महिना मै २० लाख भन्दा बढी कमाई गरेको बताउछन।गिफ्ट माग्न अनेक हर्कत गर्छन उनि।

कंचनपुरका अंशु बर्मा पनि टिकटक बाट महिनामा लाखौ कमाउने दाबी गर्दै आएका छन। टिकटक एप्स खोल्दा उनको लाईभ अपबाद बाहेक सधै देखिन्छन । उनले पेशा नै टिकटक लाईभ बनाएका छन् ।काभ्रेकी मन्दिरा ढकाल पनि टिकटकको लाईभ बटममा गएर स्क्रोल गर्दा प्राय जसो भेटिरहंछिन ।

भिडियो बनाएर सार्बजनिक गर्ने सामाजिक संजाल टिकटकमा अचेल यसैगरि सामान्य मानिस देखि नाम चलेका कलाकारहरु गिफ्ट भन्दै भिख माग्ने गरेका देखिन्छ।

यसबाट उनीहरु लाखौ कमाउने गरेका बताउदै आएका छन।पछिल्लो समय टिकटकबाट करोड कमाए भन्दै केहि युजरहरु मिडियामा आएपछि कलाकारहरु समेत कसले बढी कमाउने भन्ने होड चलेको छ ।

अधिकांस ले सिर्जनात्मक प्रस्तुती भन्दा अन्तसंत बोल्ने,छाडापन देखाउने,तल्लो स्तरमा पुगेर शब्द बोल्दै भ्युयर्स अडाउने र सके सम्म बढी भिख माग्ने कार्य मा व्यस्त रहेको देखिन्छ।बर्षाको भेल सरह आएको यस्तो प्रवृति लामो समय नटिक्ने पक्का देखिन्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::