भिसा र काम को प्रकृति फरक हुनेहरु लाई पुन:श्रम स्वीकृतिको लागी सच्याएर आउन बै.रो बिभागको आग्रह

मङ्लबार, कार्तिक १९, २०७६

बैदेशिक रोजगार बिभाग ले भिषा र करारपत्रमा उल्लेखित विवरण फरक भएमा पुन:श्रम स्वीकृतिको लागी समस्या पर्ने जनाएको छ ।

बैदेशिक रोजगार बिभाग ले सूचना प्रकाशन गरि बै.रो मा जाने कामदारहरुका भिषा.कम्पनीसंग भएको सम्झौता तथा नेपाल स्थित बैदेशिक रोजगार बिभाग अन्तर्गतका कार्यालयहरु बाट जारि हुने श्रम स्विकृती समन्धी विवरणमा एकरुपता हुनु पर्ने जनाएको हो ।

बिभाग ले सुचना प्रकाशित गरि  कतिपय कामदारहरु समन्धित कम्पनीहरुमा अन्य पेशामा काम गर्ने तर भिसामा भने ड्राइभर,अपरेटर जस्ता खास सीप आबश्यक पर्ने प्राबिधिक पेशा उल्लेख भए बाट ति कामदारको प्राबिधिक दक्षता तथा सीप प्रमाणीकरण गर्ने कागजातको अभाबमा पुन:श्रम स्वीकृति दिन नसकिने जनाउदै सो को लागि नेपालमा बिदामा आउनु अघि नै आफ्नो कामको सीप समन्धी प्रमाणपत्र लिन,भिसामा काम को प्रकृति फरक नपर्ने गरि भिसा जारी गर्न लगाउन आग्रह गरेको हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::