भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ:प्रचण्ड

शुक्रबार, कार्तिक ४, २०७९

एन ए मिडिया न्युज डेस्क

भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ:प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन सत्ता गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सत्ता गठबन्धनले शुक्रबार पोखरामा गरेको कार्यक्रममा प्रचण्डले कतिपयलाई गठबन्धनको अर्को दलको निर्वाचन चिह्न स्वीकार गर्न गाह्रो भएको बताए ।

‘हसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौँ’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौँ । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरूले पाएको बताए । ‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी काँग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::