भ्याली कोल्ड स्टोरनजिकै दिदीको खाजाघरमा यौनधन्दा

शनिबार, भदौ ४, २०७३

भ्याली कोल्ड स्टोरनजिकै दिदीको खाजाघरमा यौनधन्दा

चितवन घर भएकी १५ वर्षीया सुमना तामाङ (नाम परिवर्तन)को आमा सानैमा बितिन् । बुबाले दोस्रो बिहे गरे । बुबाले दोस्रो बिहे गरेपछि सौतेनी आमाले उनलाई सधौ पिट्न थालिन् । त्यसपछि उनी दिक्क मानेर गाउँकै एक दिदीसँग काठमाडौंमा होटेलमा काम गर्न आइन् । नयाँ बजारको भ्याली कोल्ड स्टोरनजिकै दिदीको खाजाघर थियो । त्यहीा भाडा माझ्ने तथा खाना–खाजा पकाउने काम गर्न थालिन् । दिदीले सरकारी स्कुलमा पनि भर्ना गरिदिएकी थिइन् ।

होटेलमा आउने ग्राहकले उनीमाथि आँखा लगाउन थाले । उनी सुन्दर थिइन्, जिउडाल मिलेको थियो । होटेलमा आइरहने एक ग्राहकले एक दिन उनलाई फकाएर सम्बन्ध राखे । त्यसपछि बिस्तारै अन्य ग्राहकले पनि उनको जवानी लुट्न थाले । उनीसँगै सम्बन्ध राख्न होटेलमा भीड लाग्न थाल्यो । १५ वर्षकै उमेरमा उनी वेश्यावृत्तिमा लागिन् । प्रहरीले सूचना पाएपछि दुई महिनाअघि उक्त खाजाघरमा छापा हानी ग्राहकसहित उनलाई र होटेल सञ्चालिकालाई पक्राउ गर्‍यो । पक्राउ परेपछि उनले आफ्नो व्यथा सुनाइन् । त्यसपछि प्रहरीले उनलाई महिलाका लागि महिला नामक संस्थामा बुझायो । पछि, उनका बुबाले बुझेर लगे । गाउँमा गएपछि फेरि उनको जीवन पुरानै बाटोमा गयो । सौतेनी आमाले कुट्न थालिन् । अहिले फेरि नयाँबजारको सोही खाजाघरमा आएर उनले काम गर्न थालेकी छिन् । – नयाँ पत्रिका

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::