मगर संघ शाखा साउदी अरबले मनायो माघे सक्रान्ति

शनिबार, माघ ३, २०७७

मगर संघ शाखा साउदी अरबले मनायो माघे सक्रान्ति

सम्पूर्ण मगरहरु एक हौं, आफ्नो भाषा, लिपी तथा संस्कृतिको संरक्षण गरौं भन्ने मुल भावका साथ गठन भएको नेपाल मगर संघ शाखा साउदी अरबले हिजो १५ जनावरी २०२१ मा संघका पदाधिकारीहरु लगाएत केही अन्य पाहुनाहरुका बिच माघे सक्रान्ति मनायो।

बिश्वमै महामारीको रुपमा फैलिएको कोभिड -१९ का कारण तथा साउदी सरकारले तोकेको नियमका कारण ठुलो जमघट गर्न नपाए पनि आफ्नो चाड भएका कारण थोरैमात्रामा सहभागी भई परम्परालाई निरन्तरता दिएको नेपाल मगर संघ, शाखा साउदी अरबका अध्यक्ष बम थापा मगरले बताए।

सोही कार्यक्रममा नेपाल मगर संघ साउदी अरबका महासचिब डम्बर आले मगरको संयोजकत्वमा भोजपुर नगरपालिका -१ ३४ बर्षिय मृगौला पिडीत सुर्य बहादुर तामाङको उपचारार्थ सहयोग रकम पनि उठाईएको थियो।

 

पिडीत तामाङको दुबै मृगौला फेल भई हाल बनस्थली स्थित नेशनल किड्नी सेन्टरमा उपचार भई रहेको छ। पिडितको आर्थिक अवस्था अत्यान्तै नाजुक छ।त्यसैले केही मात्रामा सहयोगको हेतुले हिजो १ हजार ७ सय चौसट्ठी साउदी रियल उठाईएको थियो। उक्त रकम छिटो भन्दा छिटो पिडित समक्ष पुराउने जानकारी महासचिब डम्बर आलेले गराए।

नेपाली आदिवासी जनजाती समुदाय मध्ये सबै भन्दा ठूलो मगर समुदायले माघे सक्रान्तिलाई राष्ट्रिय चाडको रुपमा मनाउने गर्दछन। माघ महिनाको शुरुवातको दिन अर्थात माघ १ गते धुमधामका साथ मनाईने यस पर्वलाई माध्या/ सेल्ह्लेस पनि भन्ने गरिन्छ। मगरहरुको आफ्नै बिशिष्ट भाषा तथा संस्कार र ईतिहास छ।

भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काईकेई मगर भाषा बोल्ने गरिन्छ। मगरहरुलाई प्रकृति पुजकको रुपमा पनि मानिन्छ। माघे सक्रान्ति पर्व लाई पनि एउटा प्रकृति पुज्ने अबसरको रुपमा लिईन्छ।

कार्यक्रममा उपस्थित पाहुना हरुलाई मगर समुदायको मौलिक खाना तरुल, बटुक, सेल रोटी लगाएतका भोजनहरुको ब्यबस्था गरिएको थियो।

 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::