
बुधबार, पुस १४, २०७८
एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता नेपाली खेलाडीलाई सरकारले जनही पाँच लाख नगद पुरस्कार दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने महिला भलिबल खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले उपाधि जित्ने १२ खेलाडीलाई जनही पाँच लाख, दुई प्रशिक्षकलाई जनही ३ लाख र एक अफिसियललाई २ लाख रुपैयाँ नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो ।
युवा तथा खेलकुद मन्त्री गहतराजले नेपाली टिमको जितले गौरब र खुसीको अनुभूति भएको बताएका थिए ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनल नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गरेको थियो ।
साविक विजेता नेपाली महिला टोलीले अपराजित रहँदै उपाधि उचालेको हो । नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो भने बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान, र कीर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।
नेपालकी कप्तान अरूणा उत्कृष्ट लिफ्टर र सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो घोषित भएका थिए । विजेता नेपाली टिम बिहीबार स्वदेश फर्कनेछ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया