महेश महर्जन ले जिते वर्ल्ड बडी बिल्डिङ च्याम्पियनसिपमा गोल्ड मेडल

शनिबार, मंसिर २९, २०७५

महेश महर्जन ले जिते वर्ल्ड बडी बिल्डिङ च्याम्पियनसिपमा गोल्ड मेडल

थाइल्यान्डको च्याङमाईमा चलिरहेको  १० औँ वर्ल्ड बडी बिल्डिङ च्याम्पियनसिपमा नेपालको झण्डा फहरिएको छ। नेपालका महेश महर्जनले पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका हुन्।

१२ खेलाडी सहभागी यो स्पर्धामा भारतीय खेलाडी दोश्रो भए। त्यस्तै सिंगापुरका खेलाडी तेश्रो भएका थिए।

महेश ले  अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो।उनले  २०१६ मा भुटानमा भएको ५०औं एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्मा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए।

यस्तै नेपाली बडिबिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्तित धर्मश्रीको १३औँ संस्करणमा ओभरअल च्याम्पियन बनेका महेश  १४औँ र १५औँ संस्करणमा ओभरअलमा दोस्रो भएका थिए।

गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० सेमी. मा रजत पदक जितेकी थिइन्।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::