माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड

सोमवार, पुस १९, २०७८

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो ।

बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

यसैबीच माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३७ जना केन्द्रीय सदस्यहरुले सोमबार शपथ लिएका छन्।

आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकस्थल ललितपुरको हेरिटेज प्लाजा, सानेपा हाइटमा पुष्पकमल दाहाल प्रचण्डसहितले केन्द्रीय सदस्यको शपथ लिएका हुन्।

बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले आफ्नो नाम दर्ता गराइसकेपछि निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ खुवाएको हो।

माओवादीमा अझै ६२ जना केन्द्रीय सदस्य र अध्यक्षबाहेक १४ जना पदाधिकारी टुंगो लाग्न बाँकी छ। यो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने भएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::