
सोमवार, पुस २६, २०७८
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
शिक्षा मन्त्रालयमा आज बिहान भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताएका छन्।
आइतबार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी) को बैठकले होटेल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।
यससँगै कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको भ्याक्सिन कार्ड(मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायहरूले कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया