मातृसत्तात्मक समाज कसरी चल्छ ?

आइतवार, माघ २६, २०७६

मातृसत्तात्मक समाज कसरी चल्छ ?

यो कथा मेघालयको एउटा सुखी परिवारको हो । यसमा आमाबुबा र उनीहरूको दुई सन्तान छन् । उनीहरू सबै मिलेर सुख र शान्तिसँग बाँच्न पाउँ भनेर गीत गाउँछन् । अचानक एकदिन आमा बिरामी हुन्छिन्, उनको मृत्यु हुन्छ । आमापट्टिको सम्धीले स्थानीय परम्पराअनुसार बच्चालाई आफूसँग लिएर जान्छन् । जबकि उनीहरूका पिता भन्छन्, ती बच्चाको हेरचाह आफैं गर्नेछु, किनभने उनकी पत्नीले मर्नुभन्दा अघि भनेकी थिइन्, ‘बच्चालाई कहिल्यै पनि साथ नछोड्नू ।’

त्यसको केही दिनपछि अचानक एकदिन बच्चा हजुरआमाको घरबाट भागेर बाबुसँग आएका थिए, किनभने उनीहरू आफ्ना बाबुलाई अत्यधिक माया गर्थे । बाबु पनि आफ्ना सन्तानलाई त्यति नै अगाध माया गर्थे । यो कथा हो, ‘फादर ह्वेर आर यू ?’ को हो । यो कथा युट्युबमा पनि हेर्न सकिन्छ । ती व्यक्तिले यो कथा सुरुमा एउटा नाटकका रूपमा लेखेका थिए । पछि यसलाई भिडियोका रूपमा फिल्म बनाइयो । र, त्यसैलाई युट्युबमा अपलोड गरिएको हो ।

मातृसत्तात्मक समाज

ती व्यक्ति हुन् माइकल सेयम, जो विगत केही दशकदेखि आफ्नो एउटा विशेष उद्देश्यमा रहेर काम गरिरहेका छन् । यो उद्देश्य पुरुषसँग जोडिएको छ । सम्भवतः यो दक्षिण एसियाकै एउटा मातृसत्तात्मक समाज हो । माइकल यो परिवारिक ढाँचाको समाज परिवर्तनका लागि काम गरिरहेका छन् । तीव्र गतिमा परिवर्तन भइरहेको समाजको अस्तित्व बचाउनु अर्को चुनौती थियो । पहाडले घेरिएको सिलाङमा साँच्चै सुन्दर बस्ती छ । बस्तीमा यस्ता ब्यानर देखिन्छन्, जसमा लेखिएको हुन्छ, ‘सम्पत्तिमा न्यायोचित बाँडफाँट होस् ।’ यो अभियान तिनै एक व्यक्तिले विगत ३० वर्षदेखि चलाइरहेका छन् । मेघालयको प्राचीन मातृसत्तात्मक समाजमा कान्छी छोरी परिवारको सम्पत्तिको संरक्षक हुन्छिन् । पुरुषलाई आफ्नो पत्नीसँग बस्ने हो भने उसको घरमा जानुपर्ने हुन्छ । र, वंशावलीमा आमाको नाम सबैभन्दा अगाडि आउँछ ।

गारो जनजातिमा

सेयमले विगत ३० वर्षदेखि यो प्रचलनविरुद्ध संघर्ष गरिरहेका छन्, अहिलेसम्म उनले हार मानेका छैनन् । उनी आफ्नो संस्था म्थसाफ्रान्ग (अघि बढ्ने प्रयास) सँगै परिवर्तनको प्रयासमा जुटिरहेका छन् । भन्छन्, ‘विस्तारै परिवर्तन भइरहेको छ ।’ मेघालयको ३० प्रतिशत जनसंख्या गारो जनजातिमा मातृसत्तात्मक प्रथा प्रचलनमा छ । उनीहरूको जनसंख्या लगभग ३० लाख पुग्छ । यसबाहेक १७ लाख जनसंख्या भएको खासी र जैनतिया अनुसूचित जनजातिको परिवारमा पनि यही प्रथा प्रचलनमा छ । यद्यपि यो प्रथामा परिवर्तनको संघारमा छ, किनभने केही पुरुष यो प्रथाको विरुद्ध आवाज बुलुन्द बनाउँदै छन् । उनीहरूको भनाइ छ, ‘उत्तराधिकारी चयनको व्यवस्था लैंगिक विभेदमा आधारित छ, त्यसैले भेदभावपूर्ण छ ।’ त्यसो त यो जान्दा पनि चाखलाग्दो नै हुन्छ, केरलामा नायर समुदाय पनि मातृसत्तात्मक समाज थियो, जुन सन् १९२५ को कानुनअनुसार परिवर्तन भएको थियो । यसपछि मेघालय भारतको एउटा यस्तो स्थान हो, जहाँ मातृसत्तात्मक परिवार चलिरहेको छ ।

परिवर्तनको प्रयास

सेयम भन्छन्, ‘हाम्रो समाज मातृसत्तात्मक नै हो ।’ सन् १९७०–७१ मा सिटिमोन सावेन नामक खासी जनजातिकी महिलाले गुवाहटी हाइकोर्टमा एउटा मुद्दा दर्ता गरिन् । सावेन सम्पत्ति आफ्नो इच्छामुताबिक बेच्न चाहन्थिन् । त्यसका लागि उनले अदालतको अनुमति मागेकी थिइन् । सेयमका अनुसार ‘त्यसबेला अदालतको फैसला मानियो । जसमा भनिएको थियो, परिवारको कान्छी छोरी परिवारको उत्तराधिकारी हुन् नकि केवल संरक्षक ।’ त्यो फैसलाअनुसार उसको सम्पत्ति बिक्रीका लागि परम्परागत प्रथामुताबिक आफ्नो मामा या परिवारको अर्को सदस्यको अनुमति आवश्यक परेन । हाइकोर्टको त्यो फैसलाविरुद्ध कसैले चुनौती दिएन । तर त्यो फैसला एक हिसाबले मातृसत्तात्मक समाज परिवर्तनको प्रयासको सुरुवात थियो ।

मेघालय सरकार सिलाङ यस्तो सहरको रूपमा विकसित हुँदै गयो, जहाँको प्रमुख आयस्रोत कृषि थियो । आफ्नो परम्परा जनजातीय नियमसँग बाँधिएको थियो । तर जनजाति सामाजिक समुदायबाट बेग्लै परिवारको अस्तित्वमा उदाउँदो थियो । जसको परिवारको मुखिया पति हुँदै थियो, उसँग कुनै अधिकार पनि थिएन, कुनै भूमिका पनि थिएन । सन् १९८६ मा मेघालय सरकारले एउटा यस्तो कानुन बनायो, जसअनुसार आफूले कमाएको सम्पत्तिमा एक समान वितरणको अनुमति दिइयो । सेयम भन्छन्, ‘तर मेरो छोराका लागि यो सम्पत्ति पारिवारिक सम्पत्ति हुनेछ । पुनः सन् १९७१ को प्रावधान लागू हुनेछ । जसमा उत्तराधिकारी कान्छी छोरी हुने छिन् । यसको मुख्य कारण राज्यको हाइवे तथा क्रसिङमा यस्तो पोस्ट देखिन्छ, जसमा भनिएको हुन्छ, यहाँको प्रत्येक वर्ष हुने नृत्यउत्सवको विजेतालाई रानीको उपाधि दिइन्छ ।

रोमान्टिक संस्कार

यो यस्तो स्थान हो, जुन भारतको अन्य स्थानसँग मेल खाँदैन । त्यहाँ छोरी जन्मिए उत्सव मनाइन्छ । भारतको अन्य राज्यमा कन्या भ्रुणको हत्या अत्यधिक छ । यो पर्यटन र अध्ययन अनुसन्धानका लागि धेरै महत्वपूर्ण मानिन्छ । तर यो परम्परा समाजका लागि निरर्थक हुँदै गइरहेको छ । विशेषतः अब यो संस्कार रोमान्टिक बन्दै गएको छ । जहाँ केही चिजहरू देखिँदैनन् । अब यो मातृसत्तात्मक चलन जस्तै उग्र छैन । यसमा केही मिश्रण आइसकेको छ, जहाँ पितृसत्ता पनि संलग्न छ । सेयम भन्छन्, ‘परम्परा तोड्नका लागि लामै अभियान आवश्यक पर्दोरहेछ । त्यसका लागि धेरै जागरुकता चाहिने रहेछ ।’

सम्बन्ध विच्छेद

परम्परागत सामुदायिक संस्कृतिअनुसार यदि पुरुष र महिला एकै ठाउँमा बस्ने थाले भने उनीहरूलाई विवाहित मानिन्छ । सेयमका अनुसार यो त्यति राम्रो अवस्था पक्कै पनि होइन, किनभने पुरुष कुनै पनि बेला निस्कासनमा पर्न सक्थ्यो, किनभने बच्चाको आमा सर्वेसर्वा हुन्छिन् । सेयम भन्छन्, ‘पुरुषलाई जीवन गुजारा गर्ने भत्ता दिन जरुरी थिएन । त्यसैकारण विवाह सम्बन्धविच्छेदमा परिणत हुनसक्थ्यो । ती एक्ली महिलालाई परिवारका सदस्य भेट्न गइरहन्थे । जुन मानिसहरू मेघालयका महिलाका लागि स्वर्ग भनिरहेका छन्, उनीहरूलाई यो कुरा थाहा छैन । यी अभाव हुँदाहुँदै हाम्रा लागि यो अनाथालय हो, वृद्ध उमेरका लागि र घर पनि हो । तर यो सबै परिवर्तनको संघारमा छ । समयसँगै जनजाति समुदायको शक्ति पनि कमजोर हुँदै गयो । परिवारमा अब मामाको शक्ति पितामा समाहित हुन थाल्यो । तर पिताको शक्तिलाई निश्चित नगरी यो परिवर्तन भइरहेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::