मेरै देश प्यारो

आइतवार, कार्तिक ३, २०७६

रामदेव पाण्डे

मेरै देश प्यारो

रञ्जना पहिलो पटक अस्ट्रेलिया आएकी थिइन्। काठमाडौँबाट हवाइजहाज चढेपछि बैंककमा ६ घन्टाको ट्रान्जिट परेको थियो। यसरी काठमाडौँबाट बिस घन्टालामो हवाइयात्रापछि बल्ल उनी अस्ट्रेलिया पुगेकी थिइन्। बुबाले अस्ट्रेलियाको नेपाली राजदुताबासमा जागिर गर्नुहुन्छ। रञ्जना सबैसँग मिल्नसक्ने स्वभावकी केटी हुन्। त्यहाँपुगेर पनि छिटै नै उनले त्यहीँकीएकजना केटीलाई साथी बनाइन्। आफूजत्रै त्यस केटीको नामपिंकीथियो।

नेपालको एउटा दुर्गम गाउँबाट घुम्न गएकी रञ्जनालाई अस्ट्रेलियाका धेरैजसो कुराहरु राम्रालागे।सबैतिर कति सफा, कति स्वच्छ र सुन्दर ! त्यहाँका राम्रा कुराहरुका बारेमा पिंकी र रञ्जनाकाबिच कुराकानी हुन थाल्यो। रञ्जनाले नै कुरा सुरु गरिन्, “तिमीहरुको देश कति सुन्दर रहेछ नि हगि? यो तिमीहरु बसेको ठाउँ पनिकति सफा, कति राम्रो नि !” हो नि त हाम्रो देश त साँच्चै सुन्दर छ। के तिमीहरुको देश यति सुन्दर छैन ?

यति सफा बाटो, यति सुन्दर र विशाल घरहरु छैनन्। यति धेरै सुन्दर र चमक्क चम्कने, टिलिक्क टल्किने गाडीहरु, यस्तो त छैन हाम्रो देशमा। पिच बाटाहरु पनि धेरै छैनन्। पिच भएका बाटाहरु पनि यस्ता चिल्ला र सुन्दर छैनन् पिंकी। ए हो र ?त्यसो भए तिमी यतै बस न, त्यो नराम्रो, सफा नभएको देशमा किन जानुप-यो तिमीलाई ?

रञ्जना अचानक सपनाबाट जागे जस्ती भइन्। उनलाई लाग्यो, मैले आफ्नै देशलाई यसरी नराम्रो किन भनेकी हुँला? उनलाई पिंकीसँग एउटा प्रश्नगर्न मन लाग्यो, “के तिमीहरुको देश सुरुदेखि नै यस्तै थियो ?यत्तिकै सुन्दर र अग्ला घरहरु थिए? गाडीहरु पहिलेदेखि नै यति धेरै थिए? अनियति राम्रा बाटाहरु, यी सुन्दर रेलगाडीहरु, हवाइजहाजहरु सबै पहिलेदेखि नै थिए?”

रञ्जनाकायति धेरै प्रश्नहरु एकैपटक सुनेर पिंकी एकछिन त अलमल परिन्। एकछिन घोरिएपछि उनले भनिन्, थिएन रे त ! ट्वाइलेट थिएनन् रे, गाडीहरु थिएनन् रे।गाडी नै नभएपछि गाडी हिँड्ने बाटोहरु पनिथिएनन् रे ! मैले हजुरबुबाले कथा सुनाउँदा थाहा पाएकी। रञ्जनालाई अलि शान्ति मिल्यो। कुनै दिन हाम्रो देश पनि त यस्तै सुन्दर होला। म आफैँ ठूली भएर यस्तै बनाउने प्रयासमा लाग्ने छु।

यसो सम्झिन्, अनि पुनःप्रश् नगरिन् ?तिमीहरुको देशमा सगरमाथा छ ? त्यो के हो ? संसारको सबैभन्दाअग्लो हिमशिखर। छैन। तिमीहरुकोमा छ ? हो, छ। अनितिमीहरु कहाँ लुम्बिनी छ ? त्यो के हो नि? विश्वका तारा, शान्तिदूत बुद्ध जन्मेको ठाउँ। आहा, तिमीहरुको देश त हाम्रोभन्दापनि धेरै सुन्दर रहेछ त। ती सबै कुराहरु हाम्रोमा छैनन् तर तिम्रो देशमा रहेछन्। र,तिम्रो देशमा मात् रपो रहेछन् त। अब के गछ्र्यौ त, तिमीहाम्रो यही अस्ट्रेलियामा नै बस भनेको नि, हुन्न? अँहँ कदापि हुँदैन। तिमीहरु यहाँ सगरमाथा बनाउन सक्दैनौ, लुम्बिनी बनाउन सक्दैनौ। तर म मेरो देशमा गाडीहरु बनाउन सक्छु। हवाइजहाज बनाउन सक्छु, रेल बनाउन सक्छु। यी सबै चल्ने बाटो, रेल स्टेसन, एयरपोर्ट बनाउन सक्छु। त्यसैले मलाई मेरै देश सबैभन्दा सुन्दर छ।

आहा ! हो नि त, कति राम्रो कुरा गरेकी तिमीले ?तिमीलाई साँच्चै आफ्नो देशको माया रहेछ। म वाचा गर्छु, म तिम्रो देश हेर्न आउने छु। तिम्रो सगरमाथा हेर्न आउने छु। बुद्ध जन्मेको तिम्रो लुम्बिनी घुम्न आउने छु। तिमी र म साथी साथी भइहाल्यौँ। अबदेखि कहिले तिमी अस्ट्रेलिया घुम्न आउने, कहिले म नेपाल घुम्न आउने गरौँ ल !

रञ्जनाले मौका छोपिहालिन् र भनिन्, “त्यसो भए तिमी हाम्रो सगरमाथा र बुद्धको देशमा नै बसे हुन्न त ?” “हेर, हेर, कति बाठी बनेकीनि ! आफूलाई चाहिँ आफ्नो देशको त्यति माया लाग्ने, मलाई मेरो देशको मायालाग्दैन त ?” रञ्जना, “हाहाहा .....! मैले त तिम्रो मन चोर्न पो त्यसो भनेकीनि ! खुसीलाग्यो तिमीले पनिआफ्नो देशलाई मायागर्दिरहिछौ।” पिंकी, “एउटा कुरा भनूँ रञ्जना?”

रञ्जनाले अलि अचम् ममान्दै भनिन्, “भन न, के कुरा हो त्यस्तो सोधी सोधीभन्नुपर्ने ?” “देशभक्तिको पाठ त तिमी नेपालीहरुबाट सिक्नु पर्ने रहेछ !” “धन्यवादपिंकी।”

:नागरिक न्युज साभार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::