मेस्सी र रोनाल्डो लाई लाई पछि नेदरल्याण्ड का भान डायक पार्दै युईएफए प्लेयर अफ द इअर

बिहिबार, भदौ १२, २०७६

मेस्सी र रोनाल्डो लाई लाई पछि नेदरल्याण्ड का भान डायक पार्दै युईएफए प्लेयर अफ द इअर

लिभरपुलका डिफेन्डर भिर्गिल भान डायक ‘युईएफए प्लेयर अफ द इयर’ घोषित भएका छन् ।

युरोपियन क्लब फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी घोषित हुँदै डायकले अवार्ड जितेका हुन्। युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार डायकलाई प्लेयर अफ दि इयर अवार्ड प्रदान गरेको हो।

अवार्ड जित्ने क्रममा डायकले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि बनाए। युईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा डायकलाई अवार्ड दिएको हो।

डच डिफेन्डर डायकले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए। उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्याएका थिए। डायक ‘युईएफए प्लेयर अफ द इयर’ अवार्ड पाउने पहिलो डच खेलाडी समेत बनेका छन्।

यस्तै डायकले ‘डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन्। महिलातर्फको प्लेयर अफ द वुमेन्स अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::