मोदीको भन्दा कति फरक छ केजरीवालको राजनीति ?

बुधबार, माघ २९, २०७६

बीबीसी हिन्दीबाट

मोदीको भन्दा कति फरक छ केजरीवालको राजनीति ?

नयाँ दिल्ली- दिल्ली विधान सभा चुनावमा फेरी अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले जीत हाँसिल गरेको छ। त्यो पनि दुई तिहाई सहित। उनको पार्टीले कामका मुद्दा अगाडि राखेर चुनाव लडेको थियो। दिल्लीका ७० सिट मध्ये ६२ सिट उसले आफ्नो पोल्टामा पारेको छ।

आपको सिधा टक्कर केन्द्रीय सत्तामा रहेको बीजेपीसँग थियो जुन केजरीवालको पार्टी भन्दा शक्तिशाली थियो। अहिले केजरीवालको नेतृत्व र रणनीतिको तारिफ सुरु भएको छ।

केजरीवालको पार्टी र्‍याली र धर्ना गर्दै अस्तित्वमा आएको थियो। उसले अहिलेको राजनीतिको विकल्प दिने भन्दै सन् २०१२ मा आफुलाई स्थापित गरेको थियो।

पार्टीले सन् २०१३ मा दिल्ली विधानसभा चुनाव लड्यो र जित्यो पनि। तर जनलोकपालको मुद्दामा केजरीवालले केही हप्तामै राजीनामा दिए। त्यस पछि २०१५ मा पार्टीले फेरी एक पटक सरकार बनायो। तर विवादबाट टाढा रहन भने सकेन।

आम आदमीको अनुहार सहित राजनीतिको केन्द्रमा आएका केजरीवालले २०२० को विधान सभा चुनावमा विवादलाई टाढै राख्न कोशिस गरे। उनले बीजेपीको साम्प्रदायीक मुद्दामा घुम्ने राजनीतिको सामु स्थानीय मुद्दा लिएर चुनाव लडे र जीत पनि निकाले।

जहाँसम्म परिपक्वताको सवाल छ राजनीतिको मैदानमा अरविन्द केजरीवालले निकै प्रगति गरेका छन्।

उनको आम आदमी पार्टी अर्वन गवर्नेस पार्टी जस्तै गरी उदायो। दिल्ली जस्तो प्रदेश जहाँ मुख्यत : शहरी इलाका छन् त्यहाँ उनको सरकारले पाँच वर्ष अभूतपूर्व उपलब्धी हाँसिल गर्‍यो। उनले यीनै उपलव्धीको आधारमा निर्भयका साथ चुनाव लडे।

भाजपाले उनको विरुद्धमा विषालु अभियान नै चलायो। हिन्दु- मुसलमानबीच मतभेद पैदा गर्ने कोशिस पनि गर्‍यो। भाजपाको रणनीति यो थियो कि हिन्दुको ध्रुवीकरण आफ्नो पक्षमा र मुसलमानको ध्रुवीकरण आम आदमी पार्टीको पक्षमा हुनबाट रोकियोस् भन्ने थियो। जसका कारण मुसलमान भोट विभाजित हुन्। तर केजरीवालको रणनीति भाजपाको रणनीतिलाई विफल बनाउन सफल रह्यो।

पहिले एक सरकारी अधिकारी रहेका केजरीवालले राजनीतिमा पहिलो कदम विरोध प्रदर्शन गरेर राखेका थिए। तर पछिल्ला ६ वर्षमा दुई नेता मोदी र केजरीवालको नेतागिरी किनै चम्कियो।

यी दुईको चर्चा लगभग एकै समयमा भएको थियो। दुवै राजनीतिमा स्थापित हुँदै अगाडि बढे। तर केजरीवाल मोदी भन्दै धेरै कुरामा धेरै फरक छन्।

नरेन्द्र मोदीका पछि राष्ट्रिय स्वयसेवक संघ र उसको पुरै शक्ति छ। आम आदमी पार्टीको तुलनामा बीजेपी निकै पुरानो पार्टी हो। उनको साथ कार्यकर्ताको एक फौज मात्र होइन देशका ठूला ठूला पूँजीपति पनि छन्।

तर केजरीवालको कुरा फरक छ। उनले एक यस्तो पार्टी बनाए जुन मुख्यरुपमा गरिबहरुको पार्टी हो। कुनै जातीय समुदाय यस पार्टीको राजनीतिक पूँजी होइन।

देशमा जति पार्टी छन् उनीहरुको कुनै न कुनै राजनीतिक पूँजी छ। कुनै न कुनै जाति या समुदायले समर्थन गरेको छ। आम आदमी पार्टीको साथ यस्तो केही पनि छैन। यो अवस्थामा केजरीवालको चुनौति भिन्न छ।

उनले जहाँ राजनीति गरिरहेका छन् त्यो पनि अन्य राज्य जस्तो छैन। यसैले उनले फरक किसिमको राजनीति गरिरहेका छन्।

आम आदमी पार्टीको केन्द्रीय तत्व भनेको शहरी सुशासन अर्थात अर्बन गवर्नेस हो। उनीसँग न प्रहरी छ न जमिन। यस कारण यो क्षेत्रमा उनले धेरै काम गर्न त सक्दैनन्। जुन क्षेत्रमा उनको अधिक नियन्त्रण रहेको छ, जस्तो शिक्षा, यातायात, स्वास्थ्य उनले यसमा धेरै काम गरेका छन् र नतिजा राम्रो छ।

सामान्यतय नयाँ पार्टीले बहुमत लिएर सत्तामा आउने र त्यस्तै तरिकाबाट सरकार बनाउने कमै हुन्छ। यसरी हेर्दा आम आदमी पार्टीको सफलता आफैमा कहानी लाग्छ।

आम आदमी पार्टीले आफ्नो पहिलो बजेटमा शिक्षा, यातायात, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रमा बजेट विनियोजन गर्‍यो। केन्द्र सरकार समेत कुनै राज्य सरकारले यस्तो नगरेको समय यो आफैमा नयाँ थियो। शिक्षा, स्वास्थ जस्ता क्षेत्र नीजि क्षेत्रलाई दिने प्रवृत्ति बनिरहेको समयमा आम आदमी पार्टीले त्यसको जिम्मेवारी आफुमा राख्यो। र व्यापक सुधारका काम समेत गर्‍यो। जसबाट आम मानिसलाई लाभ समेत भयो।

आम आदमीले अर्वन गवर्नेस र वेलफेयर सरकारको एक फरक मोडल राष्ट्रिय मञ्चमा प्रस्तुत गर्‍यो। जुन मोदी र कांग्रेसको वेलफेयर सरकारको मोडल भन्दा निकै फरक थियो।

अघिल्लो वर्ष केन्द्र सरकारले नागरिकता संशोधन कानुन लागु गर्ने निर्णय गर्‍यो। यसको विरोधमा देशभर प्रदर्शन भए तर दिल्लीको शाहीन बाग महिलाको विरोध प्रदर्शनका कारण चर्चामा रह्यो।

यो सबै चुनावको तयारी भैरहेको समयमा भएको थियो। तर केजरीवाल न यसको समर्थनमा केही बोले न विरोधमा। भाजपा शाहीन बागको मुद्दालाई रणनीतिक तरिकाबाट उठाउन चाहन्थ्यो।

जबकी प्रदेशका उपमुख्यमन्त्री तथा केजरीवालका नजिक मानिने मनीष सिसोदियाले खुलेर शाहीन बागको साथ उभिनु पर्ने बताए। केजरीवालले आफ्ना भनाईमा कहीँ पनि शाहीन बागको विरोध गरेनन्। उनले केवल यत्ति भने यसका कारण बाटो छेकिन्छ भने त्यस्तो हुनु हुँदैन खुल्नु पर्छ।

सन् २०१५ को तुलनामा बीजेपीले २०२० मा राम्रो गर्‍यो। २०१५ मा ३ सीटमा समेटिएको बीजेपी यो पटक ८ सीटमा रह्यो। पाँच वर्ष सरकार चलाउँदासम्म पनि राज्यपाल केजरीवालको पार्टीसँग यसरी लडिरहेका थिए जो विपक्षका नेता हुन्।

आम आदमीको विरुद्ध केवल बीजेपी मात्र लडिरहेको थिएन, मीडिया, प्रहरी पनि यसको विरोधमा थिए। सीबीआई यसको विपक्षमा थियो। यति धेरै विरोधिलाई परास्त गर्दै फेरी आम आदमी ६२ सीट लिएर आउनु सानो कुरा होइन।

बीजेपी भारतमा एक शक्तिशाली पार्टी हो। जसले आफ्ना मुख्यमन्त्री, नेतालाई दिल्लीको चुनावी मैदानमा उतारेको थियो। यी सवै कुराको मुकाविला गरेर सफलता प्राप्त गर्नु नयाँ पार्टीको लागि चानचुने कुरा थिएन।

केजरीवाल माथि चुनाव प्रचारमा करोडौं रुपैयाँ खर्च गरेको आरोप पनि लागिरहेको छ। तर राजनीतिमा प्रचार गरेर मात्र हुँदैन। यदि काम नगरेर प्रचार मात्र गरेको भए यो सफलता मिल्ने थिएन।

राजनीतिमा एक काम गरेर मात्र सफलता प्राप्त हुँदैन। राजनीतिमा सुशान कामय गर्नेका अलवा, आफ्नो रणनीति बनाउनु, विपक्षीको रणनीति बुझ्नु, मीडियासँगको सम्वन्ध र समाजिक समिकरण बनाउनु पनि महत्वपूर्ण हो।

दिल्ली भन्दा बाहिर (पन्जाव बाहेक) आफ्नो कोशिषमा आम आदमी पार्टी सफल देखिँदैन। राष्ट्रिय स्तरमा काम गर्न नेता र कार्यकर्ता तयार पार्न आम आदमी चुकेको देखिन्छ। यो केजरीवालका सामु चुनौति हो।

अब आम आदमीले एमसीडीको चुनावमा ध्यान दिनुपर्छ। जहाँ अघिल्लो चुनावमा उसले राम्रो गर्न सकेन।

दिल्लीको सेवा गर्ने आफ्नो प्रतिवद्धता पुरारुपमा पालना गर्नको लागि पनि उसले एमसीडीको चुनावमा राम्रो गर्नै पर्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::