यी पत्रकारकारले गरेकाे एक यस्ताे कार्य जसकाे प्रशंसा विश्वले नै गर्याे

बिहिबार, भदौ ५, २०७६

एजेन्सी

यी पत्रकारकारले गरेकाे एक यस्ताे कार्य जसकाे प्रशंसा विश्वले नै गर्याे

कोही राम्रो कर्म गरेर चर्चामा आउँछन् भने कोही चर्चाकै लागि अनेक फण्डा अपनाउँछन् । केही दिन यता एक पाकिस्तानी पत्रकारको चौतर्फी प्रसंशा भइरहेको छ ।

उनी आफ्नो कर्मका कारण चर्चामा आएका हुन् । केही दिन अघि पाकिस्तानमा आएको बाढीको रिपोर्टिङमा खटिएका ती पत्रकारले पानीमै डुबेर भए पनि आफ्नो कामलाई छाडेनन् । जुन विषय अहिले सामाजिक सञ्जालमा चर्चित बनेको हो ।

केहीले रिपोर्टरको प्रशंसा गरेका छन् भने केहीले ट्रोल समेत बनाएका छन् । भारत र पाकिस्तानमा यो भिडियोलाई रमाइलो भिडियोको रुपमा सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

 केहीले भने पत्रकारले आफ्नो जीवन नै खतरामा पारेर पत्रकारिता गरेको भनेका छन् । पाकिस्तानी पत्रकार अजदर हुसैनले जिओ टिभीका लागि रिपोर्टिङ गरेका हुन् । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने सिन्ध नदीको जलस्तरका विषयमा उनले रिपोर्टिङ गरेका थिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::