यी हुन् बाइक चलाउने सुरक्षित तरिका

शुक्रबार, कार्तिक १९, २०७३

विष्णु थापा, ट्राफिक प्रहरी नायब निरीक्षक

यी हुन् बाइक चलाउने सुरक्षित तरिका

मोेटरबाइकचालकहरू कुनै पनि वेला सामान्य गल्तीले पनि ठूलै दुर्घटनामा पर्न सक्छन् । त्यसैले पनि चालकले आफ्नो सुरक्षाको सवालमा कुनै पनि सम्झौता गर्नु हुँदैन । बाइकचालकलाई आवश्यक पर्ने केही सामान्य सुरक्षाका उपायहरू यस्ता हुन सक्छन् :

बाइकचालकले हेल्मेट प्रयोग गर्दा सम्झौता गर्नु हुँदैन । हेल्मेट खरिद गर्दा कस्तो कच्चापदार्थले बनेको हो, ध्यान दिनुपर्छ । हेल्मेट टाउकोमा मिल्ने खालको, तर सस्तो पायो भन्दैमा जहाँ पायो त्यहीँ किन्नु पनि हुँदैन ।

यदि तपाईं दुईवटै ब्रेकको प्रयोग गरेर मोटरसाइकल रोक्न सक्नुहुन्छ भने तपाईं सफल चालक हुनुहुन्छ । सुरक्षाका दृष्टिकोणले पनि यो कला महत्वपूर्ण छ ।

बाइक चलाउँदै गर्दा गतिलाई भने विशेष ध्यान दिनुपर्छ । अन्यथा, सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ । सडक र नियमानुसार बाइकको गति कायम राख्नु बुद्धिमानी हुन्छ ।

हरेक मेसिनरी सामग्रीको निश्चित सीमा हुन्छ । सो सीमा नाघेर मानिस तथा मेसिन पनि अगाडि बढ्नु हुँदैन । त्यसैले सडकमा धैर्य कायम गरेर आरामका साथ अगाडि बढ्नुपर्छ । हडबडी या हतार गर्नु जरुरी छैन ।

अगाडि तथा दायाँ–बायाँको सवारीसाधनसँग निश्चित दूरी कायम राख्नुपर्छ । ट्राफिक जामको वेलामा पनि वरिपरिको परिस्थिति बुझ्नुपर्छ । कुनै पनि सवारीसाधनको धेरै नजिक नजानु नै राम्रो हुन्छ ।

कुनै स्थानमा रोक्नु वा मोड्नु छ भने त्यसको सूचना सही समयमा नै दिनुपर्छ । लेनमा आफ्नो दिशा अचानक परिवर्तन गर्नु हुँदैन । ट्राफिकलाई आफ्नो अगाडिको गन्तव्यको बारेमा इन्डिकेटर वा हातले पनि जानकारी दिनुपर्छ ।

धेरैजसो नदेखिने मोडहरूमा दुर्घटना हुने गर्छ । त्यसैले हतारमा ओभरटेक गर्नु हुँदैन । विशेषगरी, जब ठूला सवारीसाधनको अगाडि बढ्नु छ भने ख्याल राख्नुपर्छ ।

मोटरसाइकल खरिद गर्दा आफ्नो आवश्यकतालाई ध्यानु दिनुपर्छ । सबै व्यक्तिले फरक–फरक गतिमा आफूलाई आरामदायी तथा सहज अनुभव गर्छन् । त्यसैले आफ्नो आवश्यकता तथा कुशलताअनुसारको क्षमता भएको बाइक किन्नुपर्छ ।

एन्टिलक ब्रेकिङ सिस्टमले धेरै दुर्घटनाबाट जोगाउँछ । त्यसैले सवारीसाधन खरिद गर्दा एन्टिलक ब्रेकिङ सिस्टम जडान गर्नु उत्तम हुन्छ ।

मोटरसाइक चलाउँदा लगाउने लुगामा पनि विशेष ध्यान दिनुपर्छ । कुनै दुर्घटना भएमा शरीर जोगाउने बाइक किट प्रयोग गर्नु राम्रो हुन्छ ।

नयाँ पत्रिकाबाट

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::