
बुधबार, पुस ७, २०७८
युएइले आफ्नो छवि उदारवादी बनाउने दिशामा महत्वपूर्ण निर्णय गरेको छ । अब युएइमा विदेशी फिल्महरु कुनै सेन्सरबिना सिनेमा हलमा प्रदर्शन गर्न पाइनेछ । देशको मिडिया नियामक निकायले निकै छोटो समयमा यो निर्णय गरेर यसलाई लागू पनि गरिसकेको छ । अब सरकारले २१ वर्षभन्दा बढी उमेर समूहको लागि छुट्टै वर्ग बनाउनेछ । मिडिया रिपोर्टका अनुसार सरकारले यो ‘नो सेन्सरशिप’ नीतिले विदेशी पर्यटक लोभ्याउन सकिने विश्वास लिएको छ ।
गल्फ न्यूजका अनुसार अहिलेसम्म सिनेमा हलमा देखाइने विदेशी फिल्मलाई सेन्सर गरिन्थ्यो । एक कमिटीले फिल्म हेर्थ्यो । इस्लामी मूल्य विरुद्ध हुने कुनै पनि सामग्री वा दृश्य फिल्ममा भए त्यसलाई हटाइन्थ्यो । समलैंगिक, यौनजन्य वा अश्लील कन्टेन्ट हटाइन्थ्यो । तर, अब यस्तो हुने छैन । अब यी फिल्महरु कुनै काँटछाँटबिना सिनेमा हलमा देखाउन पाइनेछ । मिडिया नियामक निकायले एक सामाजिक संजाल पोस्टमा यसबारे जानकारी दिएको छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया