युभेन्टसले रोनाल्डोलाई बेच्ने

बुधबार, कार्तिक २६, २०७७

युभेन्टसले रोनाल्डोलाई बेच्ने

इटालियन क्लब युभेन्टसले आफ्ना स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्ने तयारी गरेको छ । स्पेनिस मिडिया ‘एएस’का अनुसार युभेन्टसले पोर्चुगिज स्टार रोनाल्डोलाई आगामी समरमा बेच्ने तयारी गरेको हो ।

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट इटाली आएका हुन् । रोनाल्डोले युभेन्टसबाट ९४ खेलबाट ७१ गोल र १९ असिस्ट गरेका छन् ।

३५ वर्षीय रोनाल्डोले राम्रै प्रदर्शन गरिरहेको भए पनि युभेन्टसले कोरोना महामारीले क्लबमा परेको आर्थिक प्रभावका कारण उनलाई बेच्ने तयारी गरेको खबरमा जनाइएको छ ।

१०० मिलियन युरोमा ९ वर्षे रियल बसाइ बिट मार्दै इटाली आएका रोनाल्डोलाई पारिश्रमिक दिन कठिन भएका कारण उनलाई अर्को समरमा बेच्ने तयारी युभेन्टसको छ ।

रोनाल्डो हाल घाइते अवस्थामा छन् । आइतबार बेलुका भएको लाजियोसँगको खेलका क्रममा रोनाल्डोले चोट बोकेका हुन् ।

गए राति इटालियन सिरी ‘ए’मा साविकको विजेता युभेन्टस लाजियोसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

सो खेलमा एक गोल गरेका रोनाल्डो ७६औं मिनेटमा चोट बोक्दै मैदान छोडेका थिए । युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले रोनाल्डोले खुट्टामा चोट बोकेको पुष्टि गरेका हुन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::