यु.ए.ई.मा सडक दुर्घटनामा परि स्याङ्जाका एक युवकको मृत्यु । शव नेपाल पुग्यो ।

बिहिबार, अशोज ७, २०७८

बाल कृष्ण पंगेनी

यु.ए.ई.मा सडक दुर्घटनामा परि स्याङ्जाका एक युवकको मृत्यु । शव नेपाल पुग्यो ।

यु.ए.ई ( दुवैई ) मा एक नेपाली युवकको सडक दुर्घटनामा परि घटना स्थलमा मृत्यु भएको छ । स्याङ्जा जिल्ला साविक सिर्सेकोट गा वि स वार्ड नम्बर ७ वालिङ्ग नगर पालिका वार्ड नम्बर १२ स्थायी घर रहेका हाल नवलपरासी बसाबसाई बस्दै आएका चतुर्भुज डुम्रेका नाती शिब लाल डुम्रेका सुपुत्र २१ वर्षिय प्रकाश डुम्रेको मृत्यु भएको मृतकका छिमेकी सामाजिक अभियन्ता तथा स्याङ्जा सहयोग समाज दुबैका अभियान्ता राजु पराजुली क्षेत्री ले एन ए मिडियालाई जानाकारी गराउनु भएको थियो । मृतक प्रकाश बिगत सात महिना देखि दुबैईको जाव अल अली भन्ने ठाउमा एक क्याट्रीङ्ग कम्पनीमा कार्यरत थिए । असोज १ (सेप्टेम्बर १७ ) शुक्रबार आफ्नो जन्म दिन मामासग मनाएर साईकलमा आफ्नो आवास तीर फर्किदै गर्दा पछाडीबाट द्रुत गतिमा आएको के एफ सी डेलीभरी कारले ठक्कर दिदा पर उछिट्टिएका प्रकाशको उच्च रक्त स्रव हुनाले दुर्घट्ना स्थलमा नै मृत्यु वरण को पनि पराजुलीले जानाकारी गराउनु भएको थियो । मृत्यु पस्चात कार चालकलाई स्थानीय पुलिसले नियन्त्रणमा लिई जेल चलान गरेको र मृतकको शव नेपाल परिवारजन सम्म पठाउन अति झन्झटिलो भए पनि स्याङ्जा सहयोग समाज यु ए ई तथा यु ए ई स्थित नेपाली दुतावास र सम्पुर्ण नेपाली सस्थाहरु ले सहयोग गरेको र शव नेपाल पठाउन सफल भएको पराजुलीले जानाकारी दिनु भएको थियो । मृतक प्रकाश डुम्रेको परिवारमा अव बुवा मम्मी र बहिनी छन । उनी घरका एक मात्र छोरा थिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::