राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज,अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन

शुक्रबार, कार्तिक ४, २०७९

एन ए मिडिया न्युज डेस्क

राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज,अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन

सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो ।

'कानूनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन,' सर्वोच्चको आदेशमा भनिएको हो । उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::