राज कुमार थापाको प्रस्तुतिमा दिपेन्द्र खड्काको गीत ‘आँशु’ म्युजिक भिडियो  रिजिल हुदै

शुक्रबार, बैशाख १०, २०७८

आँशु झार्दै रुने यो मनलाई कहाँ छेक्न सकिन्छ र.....

नेपालको सांगीतिक क्षेत्रमा नवप्रवेशी को प्रवेशको लहर चलेको छ यसै क्रममा राज कुमार थापा को प्रस्तुतिमा गीतकार दिपेन्द्र खडकाको शब्द संयोजन रहेको ‘आँशु’ रिजिल हुने भएको छ

नवप्रबेशी कलाकार राज कुमार थापा साउदी अरबमा पेशा ब्यबसायमा संलग्न रही केहि समय अघि नेपाल फर्केका हुन् भने गीतकार खड्का हाल बै.रो को क्रममा कतारमा कार्यरत छन।

राज कुमार थापाको प्रस्तुतिमा दिपेन्द्र खड्काको शब्दमा ‘आँशु झार्दै रुने यो मनलाई कहाँ छेक्न सकिन्छ र’ रहेको गीतमा गायक सुमन केसीको शिर्ष गायन रहेको छ ।गीतमा संगीत दिपेन्द्र थिङ् र  संगीत एरेन्ज स्वयं गायक सुमन केसीको रहेकोछ ।

गीत को रिलिज संगै म्युजिक भिडियो पनि केहि दिन मै रिलिज गर्ने तयारी गरिएको प्रस्तोता राज कुमार थापा ले जानकारी दिएका छन।साउदी प्रबासमा रहदा देखि नै गीत संगीत क्षेत्रमा लाग्ने लामो समय देखि को चाहना साउदीमा नै गीतकार खड्का संगको भेट पछि बनेको योजना नेपालमा पुरा गर्न पाएकोमा खुसि ब्यक्त गर्दै थापा ले पछी सम्म सम्झनाको लागी समेत गीतसंगीत क्षेत्रमा पाईला चालेको जनाए।

गीतको म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारी, स्वनिका बास्तोला, अजय तामांग र बाल कलाकार द्वय तपश अधिकारी र आरुषी धमलाको साथमा प्रस्तोता राज कुमार थापाको अभिनय रहेको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::