राप्रपाले आयल निगमसँग  माग्यो मूल्यवृद्धिको कारण

सोमवार, असार ६, २०७९

राप्रपाले आयल निगमसँग  माग्यो मूल्यवृद्धिको कारण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गरेको छ।

सोमबार पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको हो। राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयाल निगमका कर्मचारीले पाउने बोनस के कति हो त्यसको जानकारी दिन भनेको छ।

राप्रपाले प्रति लिटर पेट्रोल,डिजेलरमट्टीतेलको कच्चा पदार्थको मुल्य कति पर्छ? सुद्धिकरण चार्ज कति लाग्छरु कति कर लाग्छ? भाडा दर कसरी उठाउनु हुन्छरु अन्य चार्ज के कति लाग्छ वा लाग्दैन लाग्छ भने कुनमा के कति लाग्छ? भन्ने विवरण माग गरेको छ।

नेपाल आयल निगमले सोमबारदेखि लागू हुनेगरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::