राप्रपा अब राष्ट्रिय पार्टी हुन्छः एमाले अध्यक्ष ओली

बुधबार, कार्तिक २, २०७९

एन ए मिडिया न्युज डेस्क

राप्रपा अब राष्ट्रिय पार्टी हुन्छः एमाले अध्यक्ष ओली

फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही ....

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन्।

झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए ।ओलीले भने, ‘राप्रपा कतैबाट परिचालित छैन। अहिले जतिसम्म गरेको छ आफ्नै प्रयासले गरेको छ। त्यसैले राप्रपालाई सहयोग गरेका हौँ। एमालेसँगको सहकार्य भएपछि अब राप्रपा राष्ट्रिय पार्टी हुन्छ।’

एमाले अध्यक्ष ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताए।

उनले बारामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाए।

बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने माग गरे।

निर्वाचनलाई केन्द्रमा राखेर एमालेले राप्रपासँग गरेको तालमेलपछि पहिलो पटक एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एउटै मञ्चबाट झापाका मतदातालाई रिझाउने प्रयास गरे।

तालमेलका बारेमा बुझाउन भन्दै आयोजना गरिएको एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा ओलीले सत्ता गठबन्धनका दलसँग निकै आक्रोस पोखे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिए। ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ। अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उनले भने।

२०७४ सालको निर्वाचनमा जस्तै यसपटक पनि एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एक आपसका परिपुरक बनेका छन्।

कांग्रेसको महाधिवेशनका बखत ‘हिँड्न नजान्ने गाईको बाछो’को उपनाम पाएका राजेन्द्र लिङ्देन अहिले ओलीका लागि भरोसा बनेका छन्।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाविरुद्ध लिङ्देनलाई ओलीले साथ दिएका छन्।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::