राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

आइतवार, साउन २९, २०७९

NA Media

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाएकी हुन। संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेपछि १५ मा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको थियो ।।

उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिईएको हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::