
शनिबार, पुस १७, २०७८
ढल ब थापा
जनवरी,१ विश्वभर रहेका नेपालीहरु ले राष्ट्रिय टोपी दिवस मनाएका छन ।
बिक्रम सम्बत २०६८ मा तात्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार ले दौरा सुरुवाल टोपी लाई नेपाली रास्ट्रिय पोशाकको पहिला देखि दिईदै आएको मान्यता हटाए पछी त्यसलाई स–सम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिन जनवरी १(पुष १७) का दिन सचेत नागरिकजन ले रास्ट्रिय टोपी दिवस मनाउन सुरु गरेका थिए।
नेपालमा ढाका टोपी,भादगाउले टोपी लाई आफ्नो आन,मान,सान को प्रतिक मान्ने गरिन्छ र यो कुनै वर्ग बिशेष ले मात्र नभई सबै जात जाती भाषा धर्मावलम्बीहरु ले स्वीकार गरेको छ।
सरकारी मान्यता हटाए पछी त्यसलाई स–सम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिन थालिएको टोपी दिवस ले नेपाल सरकार माथि निर्णय पुनरावलोकन गर्न बाध्यकारी पार्न नसके पनि जनस्तर बाट अनुमोदित भई अन्तर्राष्ट्रियरुपमा नेपालीमाझ ग्राह्यता पाई विश्वभर रहेका नेपालीहरु ले जनवरी १ का दिन लाई टोपी दिवसको रुपमा मानिने प्रचलन आम भएको देखिन्छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया