रास्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्स ले साउदी अरबमा सिधा हवाई उडान सुरु गर्दै,पायो व्यावसायिक उडान अनुमति

आइतवार, फाल्गुन २२, २०७८

रास्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्स ले साउदी अरबमा सिधा हवाई उडान सुरु गर्दै,पायो व्यावसायिक उडान अनुमति

अप्रिल बाट उडान.....

रास्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्स ले साउदी अरबको बिभिन्न शहर मा सिधा उडान भर्ने भएको छ।साउदी उड्डयन प्राधिकरण मार्फत उडान अनुमति प्राप्त गरे संगै निगम ले उडान सुरु गर्न लागेको हो।

आज रियाद,बथामा स्थापना गरिएको नेपाल एयरलाईन्सको कार्यालय निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा उद्घाटन गरिएको थियो।

नेपाल एयरलाईन्स ले साउदी अरबको  रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ। निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीनवटा नियमित उडान सुरु गर्ने जनाईएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइड बडी ए ३३० जहाज छन् ।हाल साउदी बाट नेपालमा हिमालय एयरलाइन्सले सिधा उडान भर्दै आईरहेको छ।

हिमालयको एकाधिकारलाई तोड्दै नेपाल एयरलाइन्सको आगमन हुदाँ छनौट को अबसर पाउने र टिकट मूल्यमा सहुलियत हुने मा नेपाली समुदाय आशाबादी देखिएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::