रोनाल्डो कोरोना संक्रमणमुक्त 

शनिबार, कार्तिक १५, २०७७

रोनाल्डो कोरोना संक्रमणमुक्त 

इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणमुक्त भएका छन्।

युभेन्ट्सले शुक्रबार रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएको जनाएको हो। रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ । कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोनामुक्त भएका हुन्।

नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित भएपछि रोनाल्डो दुई सातादेखि मैदान बाहिर रहँदै आएका छन्। नेसन्स लिगअन्तर्गत स्वीडेनसँगको खेलअघि रोनाल्डोलाई कोरोना देखिएको थियो।

३५ वर्षीय फरवार्डले स्वीडेनसँगको खेल गुमाएका थिए। यस्तै सिरी ए को दुई र च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको दुई खेल पनि उनले गुमाएका थिए।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::