रोनाल्डो पछी मेसी साउदी अरबको क्लबमा अनुबन्धित,अल हिलाल क्लब बाट खेल्ने

मङ्लबार, बैशाख २६, २०८०

NA Media

रोनाल्डो पछी मेसी साउदी अरबको क्लबमा अनुबन्धित,अल हिलाल क्लब बाट खेल्ने

बिश्व बिजेता टिम अर्जेन्टिनीका  कप्तान लियोनल मेसीले साउदी अरबमा ब्यबसायिक फुटबल खेल्ने भएका छन।मेसि ले क्बल अल हिलालसँग कीर्तिमानी सम्झौता गरेको सार्वजनिक भएको छ ।

एएफपीले मंगलबार मेसी र अल हिलालबीचको ‘सम्झौता भएको’ खुलाएको छ । हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका छन् । यद्यपि, मेसी र फ्रेन्च क्लबबीच यसै सिजनको अन्त्यसम्मको मात्र सम्झौता छ ।

पीएसजीले सन् २०२१ मा बार्सिलोनाबाट मेसीलाई भित्र्याउँदा दुई वर्षको सम्झौता गरेको थियो । सम्झौतामा एक वर्ष थप गर्न सक्ने विकल्प रहे पनि मेसीले पीएसजीसँगको सम्झौता नवीकरण नगर्ने निश्चित भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खुलाएअनुसार मेसीका लागि अमेरिक मेजर सकर लिग क्लब इन्टर मियामी दौडमा छ । स्पेनिस क्लब बार्सिलोनामा पनि मेसीलाई ला लिगामा फर्काउने होडमा रहेको केहीले खुलाएका छन् ।

सन् २००३ देखि २०२१ सम्म बार्सिलोना बिताएपछि मेसी फ्रेन्च क्लबमा अनुबन्धित भएका थिए । त्यसबेला बार्सिलोनाले आर्थिक कारण देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न नसकेपछि उनलाई पीएसजीले अनुबन्ध गरेको थियो ।

गत बर्ष अन्तर्राष्ट्रिय फुटबल स्टार रोनाल्डो लाई साउदी क्लब अल नासर ले कीर्तिमानी मूल्य मा अनुबन्ध गरेको थियो। मेसि को साउदी आगमन ले बिश्व फुटबलमा आफ्नो श्रेष्ठता पुस्टी गर्न चाहने दुवै को प्रतिस्पर्धा ले बिश्व लाई नै रोमान्चित पार्ने देखिन्छ

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::