रोनाल्डो र मेस्सीले साउदी अरेबियाको करोडौंको प्रस्ताव अस्वीकार गरे

शनिबार, माघ १०, २०७७

रोनाल्डो र मेस्सीले साउदी अरेबियाको करोडौंको प्रस्ताव अस्वीकार गरे

वर्तमान समयका उत्कृष्ट दुई फुटबलर क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले साउदी अरेबियाको करोडौंको प्रस्ताव अस्वीकार गरेका छन्।

बेलायती पत्रिका द टेलिग्राफका अनुसार साउदी अरेबियाको प्रचार गर्नका लागि त्यहाँको सरकारले हालै युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई ६० लाख युरो प्रस्ताव गरेको थियो।

एक वर्षमा रोनाल्डोले ६० लाख युरो प्राप्त गर्ने थिए। तर रोनाल्डोले यो प्रस्तावलाई अस्वीकार गरिदिएको समाचारमा जनाइएको छ।टेलिग्राफका अनुसार रोनाल्डोले साउदी अरेबियाको प्रचारका लागि विज्ञापनमा खेल्नु पर्ने थियो र त्यहाँ केहीदिन भ्रमणका लागि जानु पर्ने थियो।यस्तै किसिमको साउदीको प्रस्तावलाई बार्सिलोनाका स्टार लियोनल मेस्सीले पनि अस्वीकार गरिदिएको समाचारमा जनाइएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::