रोशनी शाहीको तेश्रो यु- टर्न अन्तरबार्ता लिने पत्रकार बिरुद्द कानुनि उपचार खोज्ने

बुधबार, अशोज १५, २०७६

रोशनी शाहीको तेश्रो यु- टर्न अन्तरबार्ता लिने पत्रकार बिरुद्द कानुनि उपचार खोज्ने

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि जवरजस्ती करणीको गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले तेश्रो दिनमा तेश्रो पटक यु-टर्न गरेकी छिन ।

चिन्दै नचिनेको महिलाको घरमा सिधै आएर झुक्याएर जबर्जस्ति बोल्न लगाएको भन्दै अन्तरबार्ता बाहिर लिने पत्रकार बिरुद्द कानुनि उपचार खोज्ने बताएकी छिन्। बुधबार सुनौलो नेपालसंगको सम्पर्कमा रोशनीले भनिन मेरो आधिकारिक कुरा पछिल्लो भिडियोमा आएको छ हाम्राकुरा मार्फत बाहिर आएको उक्त भिडियो सुनियोजित रुप्मा मलाई जबर्जस्ति गरेर खिचिएको हो त्यसमा सत्यता छैन बरु मेरो इज्जतमा आँच पर्न गएकोले पत्रकार बिरुद्द मुद्दा हाल्न सक्छु रोशनीले भनिन। बुधबार बिहान रोशनी संग गरेको कुराकानी सुनौलो नेपालसंग सुरक्षित रहेको छ ।

रोशनीले नागरिक दैनिकसंग कुराकानीमा सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी थिईन । पत्रकारलाइ मुद्दा हाल्ने कुरा संगै रोशनी शाहीले ३ दिनमा लिएको तेश्रो यु टर्न हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::