
शुक्रबार, बैशाख ५, २०७७
होम डेलिभरीको ब्यबस्था....
कोरोना भाइरस को कारण नेपालमा हस्पिटल बाहेक प्रयास:अन्य निजी स्वास्थ संस्थाहरु को सेवा प्रबाह अबरुद्द भएको छ। नेपाल सरकार ले कोरोना भाईरस को नियन्त्रण/रोकथाम को लागी लागु गरेको लकडाउन तेश्रो हप्ता पार हुदै छ जुन वैशाख १५ सम्म जारी रहने छ ।लकडाउन को समय मा निजी स्वास्थ संस्थाहरु ले बिभिन्न तरिका अपनाई स्वास्थ सेवा दिने प्रयास गर्दै छन् ।
ललितपुर ज्वागल (कुपन्डोल)मा अवस्थित रहेको नोजोमी पोलिक्लिनिक ले भिडियो कन्फ्रेन्स मार्फत परामर्श सेवा दिन सुरु गरेको छ। प्राप्त जानकारी अनुसार पोलिक्लिनिक ले मधुमेह,ब्लडप्रेसर,थाईराईडस वा मुटु रोग समन्धी कुनै समस्या भए मोबाइल नम्बर ०१ ५५३७१५५ ,९८५१०२०७१८,९८४१२८७०८२ ,९८०१०६०८६५ मा सम्पर्क गरि डा.बिकेश सुबेदी(Sr. Consultant Cardiologist. Endocrine, Rheumatology) र डा.अर्या श्रेष्ठ (MD GP) ले भिडियो कन्फ्रेन्स मार्फत सेवा दिने जनाईएको छ । पोलोक्लिनिक को मेडिकल ल्याब र फार्मेसी बिहान ७-१० सम्म खुल्ला रहने छ
नोजोमी पोलिक्लिनिक ले औषधी को होम डेलिभरी सेवा समेत उपलब्ध रहेको जानकारी दिएको छ औषधी अर्डरको लागी डाक्टर को प्रिस्क्रिप्सन,औषधी ओ बाहिरि आवरण फेसबुक पेज(Nozomi_Polyclinic)को मेसेन्जर मा पठाई निशुल्क सेवा लिन सकिने छ र बिल अनुसार को भुक्तानी ईसेवा,खल्ती,आईएमईपे पीवोएस मेसिन बाट गर्न सकिने जनाएको छ ।
पोलिक्लिनिकका संचालक बाल कृष्ण श्रेष्ठ ले लकडाउन को समय मा सहजता होस् भन्ने उदेश्य ले भिडियो कन्फ्रेन्स र होम डेलिभरी को सेवा सुचारु गरेको जनाएका छन।अहिले को विषम परिस्थिति मा कोरोना भाईरस संग त्रसित नभई उचित साबधानी र सुरक्षाको बिधि अबलम्बन गरिनु पर्ने र लकडाउन को पूर्ण परिपालन गर्न गराउन समेत आग्रह गरेका छन् ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया