लघुकथा: आ-आफ्नो पीडा

शुक्रबार, चैत्र १, २०७५

नवीन आचार्य

लघुकथा: आ-आफ्नो पीडा

महिनौ देखीको तामझाम र बिहान देखिको रौनक बिदाइको समयमा स्तब्ध थियो, उनका परीवारका सम्पुर्ण सदस्य भाब बिहल थिए, मानौ ठुलै चोट परे जस्तो। बझपन देखिका यादहरु जोडीए पनी छोरीले पराइ घर जानै पर्छ, यो तितो सत्य सर्बब्यापी छ। बिदाइ पस्चात जन्ती संगै हामी गन्तब्य तिर लाग्यौ। जन्तीहरु आफ्नै आनन्दतामा तल्लीन थिए, उनी र म मौन, मानौ हाम्रो बार्तालाप गर्ने हिम्मत नै छैन, केवल उनको हात माथी मेरो हात।

घर पुग्दा झमक्क साझ परिसकेको थियो, सबै पाहुना आफ्नो आफ्नो गन्तब्य तर्फ बिदा भए, म उनी नजीकै भए पनी उनको पिडा आधा हिस्सामा लिन सकिरहेको छैन, उनको मुहार धमिलो छ र आखा चिसा, बेला बेला टप्की रहने आशु प्रती असह्य हुदै मैले प्रहार गरे " के रुनु परेको" उनको मौनताले कुनै जवाफ दिएन केवल आशु झरीरहेका थिए।

कहिले हिड्ने नानी? छिमेकी हजुरआमाले गरेको प्रश्नमा मैले उत्तर फर्काए "शनिबार", आफ्नो ख्याल राख्नु है भन्दै उहा बाटो लाग्नुभयो, बिबाहको केहि महिना पस्चात म प्रवासीए। बार्षिक बिदामा महिना दिनको छुट्टी छोटो महशुस भएपनी फर्किने बाध्यता, अक्सर जीबनका पलहरु प्रवासमै बित्न थाले, प्रवास अघिको जस्तै एउटा नया संसार यहा पनी निर्माण भयो, फरक जिल्ला, फरक सम्प्रदाय, फरक देश भएपनी मित्रताको आत्मियताले प्रवासको बसाइ सहज बन्दै गयो, एक पछि अर्को गर्दै जीबन शैलीहरु ब्यतीत भइ रहेका थिए।

सातौ बर्षको अन्त्यमा म प्रवासलाइ बिट मार्दै घर फर्किए, स्वदेशमा कमाउन नसकेको अथाह मित्रता, दुख सुखका सहयात्री सबैलाइ छोडेर फर्किनुको एउटा दुखत क्षण आफैमा असह्य बन्दै गएको थियो, समय र दुरी जती बढ्दै जान्छ, प्रवासका सम्झना हरु उतीनै गाढा बन्दै गए, अन्तत साझमा घर पुग्नुको खुशी भन्दा साथीभाइ र बिगतको स्मरण नै मानसिकतामा अल्झिरह्यो, छोटो समयको आत्मियताले जीबन्त सम्मका यादहरुको झोली भरीदिएको थियो, जसको आनन्दता अब म कहिल्यै आभास गर्न पाउने छैन। कोठाको सोफामा म मौन थिए, आखा टलपलाइ रहेका थिए। उनी शान्त अनुहारका साथ छेउमा आएर बस्दै भनिन, " के रुनु परेको"

  • गौरादह झापा,हाल साउदी अरब

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::