ललिता निवासको जग्गा प्रकरण:विजय कुमार गच्छदार सहित चार पूर्वमन्त्री र १७५ जना विरुद्ध मुद्दा दायर,कति बिगो दावी?

बुधबार, माघ २२, २०७६

ललिता निवासको जग्गा प्रकरण:विजय कुमार गच्छदार सहित चार पूर्वमन्त्री र १७५ जना विरुद्ध मुद्दा दायर,कति बिगो दावी?

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नता को आरोप मा चार  पूर्वमन्त्री,दुई पूर्व सचिव लगायत १७५ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोले पूर्वमन्त्रीहरू विजय कुमार गच्छदार, चन्द्रदेब जोशी, डम्बरबहादुर श्रेष्ठ तथा छविराज पन्त विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । त्यसै गरी पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व आयुक्त दीपबहादुर बस्नेत, दिनेशहरि अधिकारी विरुद्ध पनि मुद्दा दायर गरेको छ । त्यस्तै सो त्यस्तै सो प्रकरणका मुख्य पात्र भनिएका शोभाकान्त ढकाल तथा मीनबाहदुर गुरुङ विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

कसको भागमा कति बिगो दावी?

दायर भएको मुद्दामा १ सय १० जनाको जग्गा जफतसहित कारवाहीको माग गरिएको छ भने ६५ जनाबाट जग्गा फिर्ता लिने मागदावी मुद्दामा गरिएको छ।

सबैभन्दा धेरै माग दावी शशीकान्त ढकालमाथि गरिएको छ। उनलाई ३९ करोड २७ लाख ६८ हजार रुपैयाँको माग दावीसहित मुद्दा दायर भएको हो। त्यस्तै विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार, दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार, दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँको मागदावी गरिएको छ। भाटभटेनी सुपरमार्केटसँग ५० करोड रुपैयाँ मागदावी गरिएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::