ला लिगा हारे पछी मेस्सीको आक्रोसपूर्ण भनाई

शुक्रबार, साउन २, २०७७

ला लिगा हारे पछी मेस्सीको आक्रोसपूर्ण भनाई

स्पेनिस ला लिगा फुटबलमा गत राति बार्सिलोना लिगको ३७ औ साताको खेलमा आफ्नै घरेलु मैदानमा कमजोर मानिएको टोली ओसासुना संग १-२ ले पराजित भयो ।बार्सिलोना घरेलु मैदानमा हार्दा उसको खास प्रतिस्पर्धी रियल मेड्रिडए भने आफ्नो घरमा पाहुना टोली भिल्लारियल लाई २-१ ले हराएर ला लिगाको उपाघी उचाल्यो।

खराब अवस्था बाट घरेलु लिगको सिजन पुरा हुने भए पछी टोलीका कप्तान मेस्सी ले निकै निराशजनक र आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् ।खेल पछि मिडिया लाई प्रतिक्रिया दिने क्रममा उनले बार्सिलोना ज्यादै कमजोर टिम भएको मात्र बताएनन यहि अवस्था रहेक बार्सिलोना ले थुप्रै बर्ष कुनै उपाधी जित्न नसक्ने पनि बताए।

मेस्स्सी ले पत्रकारहरु संग भने मैले केहि समय अघि भनेको थिए कि हामि च्याम्पियन लिग जित्न सक्ने अवस्थामा छैनौ। आज प्रस्ट हुन्छ कि हामी ला लिगा जित्न पनि पर्याप्त थिएनौ। हामीले कुनै एक वा दुई कुराको मात्र समस्या हैन सबै कुराको कमी छ मा यहाँ आफ्नै टोलीको आलोचना गर्न चाहन्न।

मेस्सी ले भने यो सिजनलाई खराब हुन् बाट बचाउन हामीसंग अझै ठुलो प्रतियोगिता बाँकी छ ।हामीले आफ्नो तर्फ बाट प्रयास गर्नु पर्छ खेलाडी र क्लब सबैले एकपटक तल्लो स्तरबाट सुरुवात गर्न र अघि बढ्न आत्मालोचनागर्नु पर्छ ।हामी बार्सिलोना हौ त्यसैले हामीलाई सधै जित्नुपर्ने दवाब हुन्छ तर यो सधै हुदैन। हामी च्याम्पियन लीगको लागी अब तयारीमा लाग्नु पर्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::