लियोनल मेसीमाथि अन्तर्राष्ट्रिय खेल खेल्न तीन महिना प्रतिबन्ध

शनिबार, साउन १८, २०७६

लियोनल मेसीमाथि अन्तर्राष्ट्रिय खेल खेल्न तीन महिना प्रतिबन्ध

बार्सिलोनाका फुटबल स्टार लियोनल मेसीमाथि अन्तर्राष्ट्रिय खेल खेल्न तीन महिना प्रतिबन्ध लगाइएको छ। दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई ५० हजार अमेरिकी डलर जरिवाना समेत लगाएको छ।

उक्त प्रतिबन्धको विरुद्ध मेसीले एक साता भित्र अपिल गर्न सक्नेछन्।

अर्जेन्टिना फुटबल टोलीका कप्तान समेत रहेका मेसीले केही हप्ता अघि सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिता 'भ्रष्ट' भएको आरोप लगाएका थिए। उनले भनेका थिए,'हामी यो भ्रष्टचारको हिस्सा बनिरहनु पर्दैन।'

तेस्रो स्थानका लागि अर्जेन्टिना र चिलीबीच भएको खेलमा रातो कार्ड पाएपछि उनी मैदान छाड्न बाध्य भएका थिए। त्यसपछि मेसीले प्रतियोगिता 'भ्रष्ट' रहेको बताउँदै सो प्रतियोगिताको उपाधी ब्राजिलका लागि पहिलै सुरक्षित गरिएको आरोप लगाएका थिए।

मेसीलाई रातो कार्ड देखाउनुमा रेफ्रिको गल्ती भएको र भिएआरको प्रयोगको बारेमा प्रश्न उठेको थियो।

यदी मेसी माथि लगाइएको प्रतिबन्ध लागू भएमा उनले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनी विरुद्धको खेल गुमाउने छन्।

महासंघले भने मेसीको आरोप निराधार रहेको टिप्पणी गरेको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::