छोराछोरीलाई तपाईँले गर्ने व्यवहार कतै हिंसा त होइन?

सोमवार, भदौ १, २०७७

छोराछोरीलाई तपाईँले गर्ने व्यवहार कतै हिंसा त होइन?

गत लकडाउन समयमा दुईसय हाराहारी बालिका विरुद्ध हिंसा भएको उजुरी नेपाल प्रहरीमा दर्ता भएको छ । लगभग एक सय जना बालक जबरजस्ती करणी उद्योगको पीडकको रुपमा र पाँच जना बालक जबरजस्ती करणी उद्योगमा संलग्न रहे । त्यस्तै सेभ द चिल्ड्रेनले प्रदेश दुई र कणाली प्रदेशमा गरेको एक संक्षिप्त अध्ययनले यो बेला सैँतिस प्रतिशत बालबालिकाले हिंसा भोगेको, जसमध्ये अधिकाशंले शारिरिक हिंसा र हेपाइ भोगेको बताएका थिए। यी अधिकांश हिंसा घर भित्रै भएका हुन्।

बालबालिकाको बानी र किन भोग्छन् हिंसा

अधिकांश अभिभावक र संरक्षकहरु बालबालिकाको चरित्र नै बुझ्नु हुन्न वा बेवास्ता गर्नुहुन्छ र समय पनि कम दिनुहुन्छ । बालबालिकाको चरित्र भनेको चञ्चले, उत्सुक, अनुसन्धानकर्ता, नक्कल गर्ने, जिद्दी, जिज्ञासु हुन्छ । यी चरित्रले नै जुन कुरा हामी बयस्कले गर्दैनौँ किनकि हामी त्यसको भोगाइ र परिणामहरुको अनुभव गरिसकेका छौं, उनीहरुको सिकाइमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस्ता बानीलाई नियन्त्रण गर्न अभिभावक र बयस्कले कहिल्यै पनि दण्ड सजाय, हिंसा, दुव्यर्वहार, विभेद गर्नु हुँदैन । एक अध्ययनले जो बालबालिका १० बर्ष भन्दा कम उमेरमा हिंसा भोग्छन्, त्यसमध्ये २७ प्रतिशत बालबालिकाले वयस्क हुँदा (२५ वर्ष कटेपछि) अपराधिक कार्य गर्दा रहेछन् भने हिंसा नभोगेका बालबालिकाले जम्मा एक प्रतिशत अपराधिक कार्य गरेको देखियो। यसले के प्रमाणित गर्दछ भने बाल्यकालका बालबालिका माथि हिंसा गर्नु भनेको वयस्क हुँदा अपराधी बनाउन सघाउनु हो । याद गरौं जस्तो भोगाइ उस्तै सिकाइ हुने हो । नेपालका सन्दर्भमा बालबालिकालाई कुटपिट गर्ने जोकोहीलाई पनि बालबालिका ऐन २०७५ को दफा ६६ अनुसार ५० हजार सम्म जरिवाना र १ वर्ष कैद हुन सक्दछ । अनि यस्तो काम नैतिक पतन हुने फौजदारी कसुर पनि हो । यदि यस्ता कार्य संरक्षण गर्ने जिम्मेबार व्यक्तिले ब्यक्तीले गरेमा दफा ७१ अनुसार ५० हजार सम्म जरिवाना हुन सक्दछ ।

हिंसा भोग्नाका कारण

घर परिवारमा बसिरहने हुँदा हल्ला गर्‍यो, अनावश्यक प्रश्न गर्‍यो, कपडा फोहोर बनाएर, पढेन कापी हराउनाले वा ल्याउन बिर्सनाले, खाना खान नआउनाले वा नखानाले, केही जान्दैन ,सोधेको बेला उत्तर दिन नसक्नाले, नराम्रो शब्दहरु बोल्ने आदि नियमित कारक हुन्। अहिले निम्न मध्यम र मध्यम वर्गका परिवारका बालबालिकाले भोग्ने दण्ड सजाय चाहिँ बढी मोबाइल वा ग्याजेटमा गेमहरु खेलेर, वैकल्पिक कक्षा राम्रोसँग नगएर, गृहकार्य नगर्ने कारण मुख्य हुन् ।

बालबालिकामाथि हुने हिंसा रोक्न के गर्ने?

विद्यालय नखुलेको समयमा बालबालिकाहरु घरमा नियमित पढ्ने खेल्ने तालिका नहुँदा अभिभावकहरुले झिँजो मान्ने हुन्छ । त्यसकारण आफ्ना बानुनानीसँग छलफल गरेर खाने, पढ्ने, पढाउने, खेल्ने, कथा सुन्ने सुनाउने, घरको काममा उनीहरुको क्षमता अनुसार सघाउने, साथीहरुसँग सम्पर्क गरी भोगाइ वा त्यो दिनको राम्रो कार्य सुन्ने सुनाउने जस्ता दैनिक कार्य बनाउनु होस् । यो कार्य तालिका बनाउन २० मिनेट भन्दा लाग्दैन तर अभिभावकहरु यो कुरामा कम विश्वास गर्नुहुन्छ जुन सोच गलत हो । यस्तै गरी बाआमा, हजुरबा-हजुरआमा र हाम्रा घर वरपर रहेका अग्रजहरुमा आफ्नै खालको सनातनी अनुभव, संस्कार र सस्कृति, ज्ञान, शीप, र जीवनका भोगाइहरुको धेरै नै भण्डार छ । यी भोगाइहरु बालबालिका सुन्ने सुनाउने वातावरण सबैले बनाऔं । कथा वाचन तरिका बालबालिकालाई असाध्यै मन पर्छ । सुत्ने बेलामा समय दिएर सानो बोलीमा कथा वाचन विधि एकदमै प्रभावकारी हुन्छ १४ बर्ष सम्मका बालबालिकाको लागि । हल्ला गर्दा पहिला उनीहरुलाई नै भन्न दिने जसले गर्दा पालो गर्ने बानी बस्दछ भने तपाईले बालबालिकाको बारेमा झन धेरै थाहा हुन्छ । कुनै गल्ती गरे भने गल्ती पछि उनीहरुले सक्ने सिकाइसँग सम्बन्धित अतिरिक्त कार्य दिने, गल्ती गर्ने बच्चाको राम्रो बानीलाई प्रशंसा गरी त्यस्तो गर्न सुहाएन भन्ने जसले गर्दा त्यो गल्ती उनीहरुले फेरि नगर्ने हुन्छन् ।

बालबालिकाको सहभागिता सहित आफू र बालबालिकालाई लागू हुने गर्न हुने र नगर्ने कामको सूची निर्माण गरी कार्यान्वयन गर्ने, बालबालिकाको नयाँ शिप र क्षमता बारे जानकारी राख्नेर संवाद गर्ने जसले गर्दा उनीहरु साथी जस्तो बन्दछन् र धेरै कुराहरु मान्ने हुन्छन् । कुनै पनि कार्य वा माया निशर्त गर्नुहोस् जसले गर्दा बालबालिकालाई अनावश्यक आशा र जिद्दी गर्ने बानीमा सकारात्मक बानी बढ्दछ । बालबालिकालाई माया देखाउने ब्यक्त गर्ने हो, न कि बयस्कलाई जस्तो ब्यवहारले उत्तर दिने मात्र गर्नु हुँदैन । आफ्ना बाध्यताबारे बालबालिकालाई उनीहरुले बुझ्ने तरिकाले बताउनुहोस् । जस्तो कि मेरो आम्दानी महिनामा ३० हजार हुन्छ र अत्यावश्यक खर्चहरु जोड्नुहोस् । वचत रकमबारे जानकारी गराउनु होस् ता कि बालबालिकालाई उनीहरुले माग गरेको कुरा आवश्यकता हो की चाहना हो भन्ने थाहा हुन्छ । बालबालिकासँग उनीहरुको रुचिअनुसारको खेल कार्यमा सम्भव भएसम्म भाग लिनुहोस् । कहिल्यै पनि हाम्रा पालामा यस्तो थियो किन यो चाहियो भनेर नहपार्नुहोस् । बालबालिकाले पहिला त एन्ड्रोइड फोन प्रयोग गर्दैनथे, इन्टरनेट चलाउँदैनथे, तपाईँले किन चलाउनु भएको भने भने तपाईँ के गर्नुहुन्छ ? यसर्थ समयको परिवर्तन र आफ्नो क्षमताका बारेमा जानकारी गराउनुहोस् । बालबालिका छुट्टै मानव हो भन्ने ब्यवहार गर्नुहोस् । त्यही गल्ती वयस्कले गरेमा तपाई बालबालिकालाई गर्ने गाली वा पिटाइ वा हेपाइ गर्नेहुन्छ ? प्रमुख कुरा बालबालिकालाई गाली वा पिटाइ वा हेपाइ गर्ने भनेको वयस्क हुँदा आपराधिक कार्य गर्न आधार तयार पार्नु हो र जस्तो भोगाइ उस्तै नागरिक बनाउनु हो ।

यो बेला सुरक्षित हुने उपायबारेजस्तै हात धुने, अन्य व्यक्तिसँग सम्पर्कमा नजनाने कुराहरु बालबालिकालाई सिकाऔं, बुझाऔं । बालबालिकालाई समय दिऔं र सकारात्मक कार्यमा व्यस्त राखौं। बालबालिकाको कुरा जति धेरै सुन्यौँ, त्यत्ति नै धेरै बालबालिकाको डर, त्रास र भय हटाउन मद्दत गर्दछ भने सबै कुरा बालबालिकाले आफ्ना बा आमा वा अभिभावकलाई भन्नुहुन्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::