विदेशबाट स्वदेश आउन नियमित उडानको कोटा हट्यो

बिहिबार, भदौ २५, २०७७

विदेशबाट स्वदेश आउन नियमित उडानको कोटा हट्यो

नेपाल सरकारले दैनिक ८ सय जनालाई मात्र विदेशबाट ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ  । निश्चित गरिएको कोटा हटाएसंगै नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ ।

नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  जानकारी दिएका छन् ।योसँगै सरकारले खोलेको अन्तर्राष्ट्रिय व्यवसायिक (नियमित)उडानतर्फ एयरलाइन्सले अनुमति मागेमा थप उडानको अनुमति पाउने छन् ।

उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको हो ।

अब पीसीआर नेगेटिभ भएका मात्र यात्रु ल्याउने गरी नियमित उडान खुला भएको मुलुकमा अब एयरलाइन्सले थप अनुमति मागेमा मन्त्रालयले उडानको अनुमति दिनेछ । हालको पीसीआर र क्वारिन्टिनसम्बन्धी नियमलाई यथावत राखेर कोटा हटाइएको हो ।अर्कोतर्फ कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने निर्णय समेत गरेको छ ।

नेपाल सरकार ले फ्लाईट संख्या बढाउने निर्णय गरे पनि के कति संख्यामा फ्लाईट हुने हो भन्ने कुरा एकिन भई सकेको छैन साथै साउदी जस्तो नियमित उडान सुरु नभएका मुलुकका हकमा के कसरी ब्यबस्थापन हुने हो,फ्लाईट संख्या के कति बढ्ने हो नेपाल सरकार ले जारि' गरेको सूचनामा स्पस्ट उल्लेख भएको देखिन्न।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::