विदेशमा अलपत्र श्रमिकको उद्धारबारे कार्यविधि तयार हुदै,कामबाट निकालिएका…,..,..सरकारी खर्चमा उद्धार

शुक्रबार, असार १२, २०७७

विदेशमा अलपत्र श्रमिकको उद्धारबारे कार्यविधि तयार हुदै,कामबाट निकालिएका…,..,..सरकारी खर्चमा उद्धार

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा गएर उतै अलपत्र परेका नेपालीहरुको उद्धारबारे कार्यविधी तयार हुने चरणमा पुगेको छ।

आगामी मन्त्रिपरिषदको बैठकबाट कार्यविधी पारित हुने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिएका छन्।मन्त्री यादवले मन्त्रालयले शुक्रबारसम्म कार्यविधि तयार पारिसक्ने जानकारी दिए। उनले आगामी मन्त्रिपरिषदको बैठकबाट कार्यविधि पारित गर्ने गरी काम भइरहेको बताए।

कार्यविधिमा अलपत्र नेपालीको उद्धार कसरी गर्ने भन्नेबारे भएको व्यवस्थाबारे नखुलाए पनि उनले विदेशमा अलपत्र सबै नेपालीलाई सरकारले निःशुल्क उद्धार भने नगर्ने बताए। उनले विदेशमा कामबाट निकालिएका, जेल सजायबाट आममाफी पाएका,बेखर्ची भएका र अशक्तअपांग भएकाहरुलाई सरकारी खर्चमा उद्धार गरिने बताए।

उनले विदेशमा कमाई गरिरहेकाहरु भने आफ्नै खर्चमा आउनुपर्ने बताए। सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार गर्न सरकारका नाममा आदेश दिएपछि मन्त्रिपरिषदले श्रम मन्त्रालयलाई कार्यविधी बनाउन भनेको थियो।

सरकारले कार्यविधि बनाएर नेपाली श्रमिकको उद्धार गर्ने तयारी गरे पनि विदेशमा कति नेपाली श्रमिक छन् भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन। श्रममन्त्री यादवले यकिन तथ्यांक सरकार वा गैरसरकारी क्षेत्र कसैसँग पनि नरहेको स्वीकार गरे।

खाडी, मलेसिया र साउदी अरबमामात्र ४० लाखको हाराहारीमा नेपाली श्रमिक रहेको अनुमान गरिन्छ। कोरोना महामारीका कारण श्रमिकहरुले काम पाएका छैनन् भने कोरोनाको जोखिममा पनि परेक छनु।

सरकार ले श्रमिकहरुको खर्चमा नेपालीहरुको उद्धार भने शुरु गरिसकेको छ। दैनिक उद्धार गरिएका नेपालीहरु त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिरहेका छन् भने अर्को तर्फ नेपाल सरकार ले स्पस्ट बाटो लिन नसक्दा  साँचिकै पिडितहरु लाग्ने खर्च व्यहोर्न नसकी झनै अलपत्र पर्दै गएको देखिन्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::